२०८३ साउन ५ गते मङ्गलवार

लमहीका २ युवा साढे ४८ ग्राम बढी ब्राउन सुगरसहित पक्राउ

दाङ, साउन ५ ।
दाङको लमहीका दुई युवा ठूलो परिमानमा लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
दाङको लमही नगरपालिका – ५ का ३५ बर्षीय मधुसुदन पुलामी र २८ बर्षीय निश्चल केसी बाँकेको नेपालगंज उपमहानगरपालिका – ११ बाट आइतबार ४८ ग्राम ७० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन ।
गोप्य सूराकका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले कारमा सवार उनीहरु चेकजाँच गर्दा उक्त परिमानमा ब्राउन सुगर बरामद भएको बाँकेका प्रबक्ता डिएसपी प्रतितसिंह राठोरले जानकारी दिए ।
प्रहरीले उनीहरु सवार बा १७ च १४२२ नम्बरको कारपनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार छिमेकी देश भारतको रुपैडिहा पुगेर त्यहाँबाट ब्राउन सुगेर किनेर ल्याइ उनीहरु बाँके हुँदै दाङ तर्फ आउने क्रममा पक्राउ परेका हुन । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत बाँकेले १० थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *