२०८३ बैशाख १२ गते शनिवार

जनप्रतिनिधिले अनावश्यक सत्ताको रवाफ देखाउनु गलत –अमरबहादुर खड्का


हेमराज शर्मा,
दाङ, असार २५ । नेपाल शिक्षक संघ दाङले शिक्षा बिकास तथा समन्वय ईकाइका प्रमुख रामलाल खड्कालाई बुधवार स्वागत गरेको छ । संघले समन्वय ईकाइ खड्कालाई कार्यकक्षमा पुगेर स्वागत गरेको हो ।बुधवारदेखि समन्वय ईकाइको जिम्वेवारी सम्हालेका खड्कालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाल शिक्षक संघको नेतृत्वले जिल्लाको शिक्षाको अवस्थावारे जानकारी समेत गराएको छ ।

शिक्षक संघका पदाधिकारीहरुले जिल्लाको शिक्षा क्षेत्रमा सत्तापक्षले त्रसिद हुने वातावरण सिर्जना गरेको, धेरै विद्यालयमा प्रधानाध्यापक रिक्त रहेको, बिस्थापित भई राहत शिक्षकका रुपमा कार्यरत शिक्षकहरुको बारेमा स्पष्ट धारणा नआएको, त्यस्ता शिक्षकलाई ऐन विपरित स्थानीय तहका शिक्षा समितिहरुले अवकासको कार्य थालेको, विद्यालयमा राजनीतिक रुपले कब्जा गर्ने वातावरण सिर्जना गरेको भन्दै त्यस्ता गलत कार्यको अन्त्यका लागि पहल गर्न सम्वन्वय ईकाइ प्रमुख खड्को ध्यानाकर्षण गराएको छन् । आफूहरुको शक्तिलाई कमजोरी ठानी अवमूल्यन नगर्न प्रमुख खड्कालाई आग्रह समेत गरेका छन ।
नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष एंव शिक्षक महासंघका जिल्ला अध्यक्ष अमरबहादुर खड्काले आफुहरु सहमतिका आधारमा अघि बढेपनि शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारीलाई जनप्रतिनिधिहरुले अनावश्यक सत्ताको रवाफ देखाउने वातावरण शुरु भएको प्रति दुःख व्यक्त गरे ।

नेपाल शिक्षक संघ ५ नं प्रदेशका अध्यक्ष अर्जुनकुमार योगीले आफूहरु सहमतिबाटै अघि बढ्न खोज्दा खोज्दै नीति, बिधि र प्रक्रिया मिचेर अगाडि बढ्न खोजे सैह्य नहुने चेतावनी दिए ।

समन्वय इकाइका प्रमुख जिल्लामा आएको ५० दिन नपुग्दै एकाएक गरिएको सरुवाका कारण आफूहरुलाई आश्चर्यचकित पारेको भन्दै समन्वयको भूमिका रहन योगीले आग्रह गरे ।

संघका जिल्ला अध्यक्ष युवराज बस्नेतले विद्यालयमा सिनिएर प्रधानाध्यापक हुँदाहुदै गतल बाटो प्रधानाध्यापक राख्न खोज्नु, समन्वय प्रमुखलाई दिनभर दवावमा राखेर सत्ताको अडामा सरुवा गरिनु, सरुवा र नियुक्तिमा दवाव दिइनु जस्ता कार्यले सहमतिको वातावरण बिग्रने खतरा औंल्याए । साथै उनले आफूहरुलाई आन्दोलित हुने वातावरण सिर्जन नगर्न समन्वय प्रमुखको ध्यानाकर्षण समेत गराएका छन् ।

सवैका गुनासो हुनेपछि समन्वय प्रमुख खड्काले आफूले सहमति, सहकार्यसंगै नीति, बिधि र प्रक्रियाबाट मात्रै अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा संघको जिल्ला नेतत्वसगै संघमा आवद्ध प्रतिनिधि, पदाधिकारी र शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *