२०८३ साउन १० गते आइतवार

जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, १३ जनाको अवस्था गम्भीर


दाङ, साउन ८ । बिहीबार बिहान भएको यात्रु बहाक जिप दुर्घटनामा परि बाजुरामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।


घाइते १३ जनाको अवस्था गम्भीर छ । कुल १६ जना घाइते मध्य तीन जनाको अवस्था भने मध्यम बाजुरा प्रहरीले जानकारी दिएको छ ।

बाजुराको हिमाली गाउँपालिका –५ क्युडीदेखि कुवाडी तर्फ जाँदै गरेको बा . प्र. ०३००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हूँदा बाजुराको हिमाली गाउँपालिका –५ सुन्नीबाडा गाउँकी ६५ बर्षीया बिजौरा रोकाया , ७० बर्षीया बाचा रोकाया र ३५ बर्षीया जुनेली रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बाजुराका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार जीप सडकदेखि झन्डै साढे दुई सय मिटर तल खसेको छ । बिहीबार बिहान साढे ७ बजेतिर जीप दुर्घटनामा परेको बारे एक जना स्थानीयले बिहान ९ बजे मात्रै प्रहरीलाई जानकारी दिएका थिए ।


सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट कुवाडीबाट हिडेको प्रहरी टोली बिहान साढे ११ बजेतिर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली पौने १२ बजेतिर मात्रै घटनास्थल पुगी घाइतेको उद्धार थालेको थियो ।


एउटा एम्बुलेन्स, गाउँपालिकाको गाडी, एउटा निजी जिपसहित चारवटा गाडीबाट बिरामीलाई अस्पताल तर्फ ल्याउन थालिएको प्रहरीले बताएको छ ।
घाइतेको उद्धारका लागि हेलीकोप्टर मागिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *