तुलसीपुर, असार २२ । तुलसीपुरमा पहिलो पटक प्रालि स्थापना गर्ने नमस्ते मालिका–कालिका यातायात प्रालिले एकै पटक १० वटा एसीसहितका विद्युतीय (ईभी) गाडीहरु थपेको छ ।
प्रालिको केन्द्रीय कार्यालय दाङको तुलसीपुर हो ।
लुम्बिनी प्रदेशका विभिन्न स्थानमा यात्रुरुहरुलाई सेवा दिने लक्ष्यसहित प्रालिले ईभी गाडी सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सुमन पोखरेले बताए ।
नयाँ सवारी साधनहरू आइतबारदेखि तुलसीपुरबाट नेपालगञ्ज, सुर्खेत र बुटवल रुटमा नियमित रूपमा सञ्चालनमा आएको पोखेलले जानकारी दिए ।
साथै प्रालिले तुलसीपुर बजार नजिकैको २ किलोमिटर क्षेत्रभित्र यात्रुलाई निःशुल्क सेवा सुरु गरेको पोखरेलले बताए ।
प्रकाशित मिति : २०८२ असार २१ गते आइतवार