दाङ,जेठ ३० । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ ।
बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो ।
तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते शुक्रवार