२०८२ मङ्सिर १ गते सोमवार

पुलिस क्लब बन्यो च्याम्पियन

दाङ, चैत १६ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार रुपन्देहीको सिद्धार्थनगरमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो ।

आर्मीले दिएको १५५ रनको लक्ष्य पुलिसले ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

पुलिसको जितका लागि कुशल भुर्तेलले ६१ रन बनाएका थिए । जस्ले ७० बलमा ७ चौका र ३ छक्का प्रहार गरेका थिए ।
अर्का ओपनर अमित श्रेष्ठ ३९ रन बनाउँदा दिलिप नाथले टिमका लागि नटआउट ३१ रनको साझेदारी गरेका थिए ।


त्यस्तै गुल्सन झाँले ९ रन बनाउँदा शंकर राना १ रनमा पेभिलियन फर्किएका थिए भने अर्जुन साउदले नटआउट ९ रन जोडन सफल भएका थिए ।

त्यस्तै बलिङ तर्फ आर्मीका साहब आलमले ३ विकेट लिदा नरेन साउदले १ विकेट लिएका थिए ।
त्यो भन्दा पहिलेको खेलमा टस जितेको पुलिसले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ रोजेको आर्मीले ४३ ओभरमा १५४ रनमा अलआउट भएको थियो ।

आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन जोडेका थिए । उनले १०४ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान विनोद भण्डारीले २९ रन जोडेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *