

तुलसीपुर , कात्तिक १३ ।
तुलसीपुर उद्योग बाणिज्य संघले पश्चिम दाङका चार पालिकाहरु बिगत एक बर्षदेखि दमकल बिहिन रहेको भन्दै गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बाणिज्य संघका उपाध्यक्ष तथा कार्यबबहाक अध्यक्ष देवबहादुर केसीले बिज्ञप्ती मार्फत पश्चिम दाङका चार पालिका दमकल बिहीन हुँदा यो बीचमा बिभिन्न स्थानमा भएका आगजनीका घटना बाट ठूलो जिउधनको क्षति भएको हुँदा यथाशक्य स्थानीय सरकारहरुलाई दमकल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
काबा अध्यक्ष केसीले भनेका छन् – , ‘बिपदजन्य घटनाहरुको पूर्व तयारी एवं अग्नी नियन्त्रक सम्बन्धि उपकरणहरु नहुँदा आगलागी बाट उद्योगी, ब्यबसायी र आम सर्वसाधारणको जिउधनको क्षति भइ रहेको घटना प्रति बाणिज्य संघ स्थानीय सरकार एवं सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ ।’
बुधबार बेलुकी पख भएको आगलागीका कारण बबई गाउँपािलका – ५ स्थित हापुरे बजारमा गौरी घर्तीले संचालन गरेको सारिका सृङगार एवं गिफ्ट सप पूर्ण रुपमा नष्ट भएको थियो भने भुमप्रकाश शर्माले संचालन गरेको ओम गंगा किराना पसलमा ९० प्रतिसत जति क्षति पुगेको थियो । त्यस्तै आगजनीका बाट संगै रहेको सकिल कष्मेटकिमा पनि आंशिक क्षति पुगेको स्थानीय प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा भएको एउटा दमकल जेन्जी आन्दोलनमा क्रममा खरानी पारिएको थियो भने त्यस पश्चिमका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाले हालसम्म दमकल खरिद गर्न ध्यान दिएका छैनन् । तुलसीपुरले पनि बर्षदिन बितिसक्दा पनि दमकल किनिसकेको छैन ।
जसप्रति काबा अध्यक्ष केसीले बिगत एक बर्षदेखि हुँदै आएका आगजनी जन्य बिपदका घटनामा राज्य रमिते मात्रै बन्दै आएको भन्दै सांकेतिरुपमा बिरोध जनाएका छन् ।

