२०८३ कार्तिक १९ गते बुधवार

मनोज केसी बन्ने भए नयाँ प्रहरी प्रमुख

दाङ, कात्तिक १८ ।

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक मनोज केसीलाई बनाउने निर्णय गरेको छ ।
आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर एआइजी केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णयपनि गरेको छ । सरकारका सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले मन्त्रीपरिषद बैठकले केसीलाई प्रहरी प्रमुख आइजिपी बनाउने निर्णय गरेको जानकारी दिए ।
हाल केसी नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
केही दिन पहिले मात्रै सरकारले आइजिपी कार्कीलाई हटाउन खोजेको खबरहरु बाहिरिएका थिए । त्यसपछि समाचारको स्रोत खोज्दै प्रहरी नेपाल प्रेसलगायत सञ्चार माध्यमहरूमा समेत पुगेर पत्रकारहरूलाई पक्राउ गरेको थियो । जस्को ब्यापक बिरोध भएपछि सोही दिन पत्रकारहरु छुटेका थिए ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *