छवि पुरी,लमही, १० चैत । नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना दुई शतक प्रहार गर्ने पहिलाे खेलाडी बनेका छन् ।
दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अाज काेशी प्रदेश विरुद्ध शतक बनाउँदै एउटै प्रतियोगितामा दुई शतक बनाउने पहिलाे खेलाडी बनेका छन् ।
काेशी प्रदेश विरुद्ध टस जितेर पहिले ब्याटिङ राेजेकाे सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए ।
किरणले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे ।
फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ बनाउँदै पहिले शतक बनाउने खेलाडी बनेका थिए ।
२०२४ मा आयरल्यान्ड विरुद्ध टी-२० प्रतियोगितामा डेब्यु गरेका किरणले आफ्नाे ब्याटिङमा निखार ल्याउँदै राष्ट्रिय टीममा बलियाे दावेदारी देखाई रहेका छन् ।