दाङ, फागुन २५ । एक दिवसिय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार बिहान दाङको लमहीस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन ।
मुख्यमन्त्री आचार्यले ब्याटिङ र क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन ।
नेपाल क्रिकेट संघ (क्यान) ले एक दिवसिय प्रतियोगिता लुम्बिनी प्रदेशका तीन वटा स्थानमा आयोजना गरेको छ ।
दाङको लमहीस्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदान, भैरहवाको सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा आयोजा गरेको छ ।
प्रदेशका तीन क्रिकेट मैदानमा एकै पटक सुरु भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भैरहवाको सिद्धार्थ रंगशालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्रिकेट बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए।
त्यस्तै प्रतियोगिता अन्तर्गत भैरहवाको सिद्धार्थ रंगशालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले क्रिकेट बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धी र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको उनले बताएका थिए ।
खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।
सिद्धार्थ रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खेल क्षेत्रको पूर्वाधार विकास संगै खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको बताए।
क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ ।
देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बीच पहिलो खेल भइरहेको छ ।
त्यस्तै त्यस्तै तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपिएफ क्लबबीच खेल भइ रहेको छ ।
प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन् । चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेलहरु हुने छन् ।
क्यानका अनुसार लमही क्रिकेट मैदानमा १४, एक्स्ट्राटेक मैदानमा १५ र सबै भन्दा बढी १७ खेल सिद्धार्थ रंगशालामामा आयोजना हुने छन् । त्यस्तै उपाधिका लागि फाइनल खेल सिद्धार्थ रंगशालामा गराउने क्यानको तयारी छ ।
प्रधानमन्त्री कपका सबै खेलहरु काठमाडौं बाहिर लुम्बिनीमा मात्रै आयोजना गरिएको यो पहिलो पटक हो ।