२०८३ बैशाख १४ गते सोमवार

जस्ले व्यक्तिगत लगानीमा खेल मैदान निर्माण गरे…

झुपु बुढा क्षेत्री
हापुरे, असार २ ।
यहाँका एकजना युवाले व्यक्तिगत लगानीमा सार्वजनिक खेल मैदान निर्माण गरेर उदाहरणीय कार्य गरेका छन् । जिल्लाको बबई गाउँपालिका वडा नं. ७ कालितारामा स्थानीय टिकाराज वलीले व्यक्तिगत खर्चमा सार्वजनिक खेल मैदान निर्माण गरेका हुन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका स्थानीय नेता वलीका अनुसार मैदान निर्माण गर्दा झन्डै डेढ लाख खर्च भएको छ ।

पेशाले निर्माण व्यवसायीसमेत रहेका वलीले सरकारले स्थानीय युवाहरुमा उत्साह जगाउने गरी खेलकुदको विकासमा कुनै चासो नदिएपछि आफूले व्यक्तिगत लगानीमा खेल मैदान निर्माण गरिदिएको तर्क गरे । कालितारामा रहेको फुटवल मैदान बर्षातमा नदीको बालुवा, ढुङ्गाले पुरेको हुँदा त्यो हटाइएको, अग्लो होचो भागमा माटो फिलिङ गरिएको तथा केही व्यक्तिको जग्गा किनेर मैदान विस्तार गरिएको तरुण नेता वलीले बताए ।

‘खोला किनारमा खेल मैदान हुँदा बर्षातको बाढीले सधै त्यो विगार्ने गर्दथ्यो,’ वलीले भने ‘यसपालि केहीको जग्गासमेत खरिद गरेर खेल मैदान विस्तार गर्ने काम भएको छ । आशा छ अब भविष्यमा खेल मैदानमा बाढी पस्न पाउने छैन ।’ खेल मैदान निर्माणपछि स्थानीय युवाहरु उत्साहित भएको तथा त्यहाँ फेरि युवाहरुले खेल्न थालेपछि आफूहरुलाई पनि सन्तुष्टि मिलेको वलीले बताए ।

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस
  1. Prakash oli says:

    Congratulations

    1. keshav raj oli says:

      good job

Leave a Reply to keshav raj oli Cancel reply

Your email address will not be published. Required fields are marked *