२०८३ बैशाख ७ गते सोमवार

कलेजमा साइवर अपराध बारे सचेतना

घोराही, बैशाख ७ ।
घोराहीको ‘मार्क इन्टरनेशनल कलेज’मा साइवर अपराध बारे सचेतनामूलक कार्यक्रम गरिएको छ ।
त्रिभुव ननगर जेसिजले आफ्नो साप्ताहिक कार्यक्रम अन्र्तगत सोमबार कलेजमा साइवर अपराध नियन्त्रणमा सघाउ पुगोस भन्ने उदेश्यले विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक तुलबहादुर विकेले साइवर अपराध, समाजमा त्यसको बढ्दो प्रयोग, साइवर अपराधबाट बच्ने उपाय लगायतका बारेमा प्रस्तुती राखेका थिए ।
त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षता एंव नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले इन्टरनेट र सामाजिक संजालको बढ्दो प्रयोगसँगै साइवर अपराधका घटना समेत बढ्ने गरेको भन्दै यसबाट सजक रहेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणि बसेलले कार्यक्रमले विद्यार्थीमा जागरण पैदा गर्न सघाउ पुगेको बताए ।

जेसिज सप्ताह मूल संयोजक श्यामकुमार गिरीले समाजका बिभिन्न पक्षलाई लाभ पुग्ने गरी जेसिजले सप्ताहब्यापी कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रम संयोजक संगम शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसिजका महासचिव बाबुराम पाण्डेले गरेका थिए ।
मंगलवार जेसिज सप्ताहको समापन गरिने भएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *