
दाङ, बैशाख ९ ।
सल्यानमा आगो लागेको गोठ भित्र एक बृद्धाको शब फेला परेको छ ।
जिल्लाको बागचौर नगरपालिका– ४ मोहरका ७० वर्षीय मोतिराम वलीको शब मंगलबार दिउँसो स्थानीय भन्द्रबहादुर घर्तीको गोठमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देबराज भट्टराइले आगलागीबाट गोठका झन्डै ४ दर्जन जति कुखुरापनि जलेर मरेको जानकारी दिए ।
परिवारका अनुसार वली गाउँमा बिहे भोज खान घरदेखि गएका थिए । भोजमा मदिरा सेवन पछि उनी घर तर्फ जान हिडेका उनी छिमेकीको गोठमा गइ सुतेका थिए । त्यही क्रममा विद्युत सर्ट भइ गोठमा आगलागी भएको र वलीको भित्रै जलेर मृत्यु भएको प्रहरी निरीक्षक भट्टराइले बताए ।
प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार