दाङ , बैशाख १३ ।
रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार बेलुकी परेको चट्याङले लागेर जिल्लाको परिवर्तन गाउँपालिका –४ तातोपानीको तुसारवोटका ७७ बर्षीय लालु वलीको मृत्यु भएको हो ।
घरदेखि ५ मिटर पश्चिममा रहेको रुखमा शनिबार बेलुकी चट्याङ हान्दा वलीको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर वलीको एउटा गोरुपनि मरेको छ । त्यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका – ४ सालडाँडामा चट्याङ पर्दा चार वटा भैंसी मरेका छन् ।
सालडाँडाका ४५ बर्षीय गजिम गिरीको गोठ भित्र बाधेको अवस्थामा चट्याङले लागेर थप ४ वटा भैसी मरेका छन् । चट्याङले हानेर एउटा दुनो, एउटा गाभिनो र दुई वटा पाडीहरु मरेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार