दाङ, बैशाख १२ ।
कैलालीको एक रेष्टुरेण्टमा भएको आगजनीमा परि एक जनाको मृत्यु भएको छ ।
कैलाली घोडाघोडी नगरपालिका – १ सुखड बजारको बिबेक रेष्टुरेण्ट एण्ड लजमा भएको आगलागीमा परि हेल्पर डडेल्धुरा आलिताल गाउँपालिकाको गाङखेतकाका अन्दाजी ५२ बर्षीय मिनबहादुर बोहराको जलेर मृत्यु भएको हो ।
लामखुट्टे भगाउने उदेश्यले बालेको अण्डाको खाली क्यारेट बाट आगो सल्किदा मध्यराति रेष्टुरेण्टमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा १० जनाको प्रहरी टोली खटी खटिएको थियो ।
घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको प्रयासले शनिबार बिहान साढे १ बजेपछि आगो नियन्त्रणमा आएको थियो ।
मृतकको शब पोष्टिमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए ।