२०८३ बैशाख १२ गते शनिवार

धानखोलाका गोबिन्द घर्ती मगर १५ ग्राम ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर , बैशाख १२ ।
दाङको गढवा गाउँपालिका – १ धानखोलाका २९ बर्षीय गोविन्द घर्ती मगर ठूलो परिमानामा ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट झन्डै १६ ग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी रेशम बोहराका अनुसारघर्तीको शरिर खानतलासी गर्दा १३ . ३८ ग्राम ब्राउन सुगर बरामद भएको थियो भने घरमा लुकाई छिपाई राखेको ३० पुडियामा २.५० ग्राम ब्राउन सुगर बरामद भएको थियो । मगर बाट कुल १५.८८ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।
प्रहरीले मगरले प्रयोग गर्दै आईरहेको बा ८५ प १९५१ न।को बुलेट बाइकपनि नियन्त्रणमा लिएको छ ।
गढवा – १ कालाकाटे जुरौनी सडक खण्डमा लागु औषध ब्राउन सुगरको ओसार पसार भइ रहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटे बाट खटिएको प्रहरी टोलीले रातिमा मगरलाई पक्राउ गरेको थियो ।

मगरले पोलेपछि लागुऔषधको कारोबारमा संलग्न रहेका भन्दै प्रहरीले थप चार जनालाई पनि पक्राउ गरेको छ ।
जस्मा राप्ती गाँउपालिका – १ भालुवाङका २९ बर्षीय आशबहादुर रोका, सोही ठाउँका ३० बर्षीय ऐकेन्द्र पुन , २८ बर्षीय अजय पुन र २८ बर्षीय खेमराज चौधरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको डिएसपी बिष्टले बताए ।
पक्राउ परेका सबै भाथि अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *