तुलसीपुर, वैशाख १० ।
दाङमा घर भइ हाल अमेरिका बस्दै आएका सुरेश हमाल (बेगबहादुर) को आठ लाख रुपैंयाँ आर्थिक सहयोगले तुलसीपुरमा आदि कवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ६ मा घर भइ हाल अमेरिकामा बस्दै आएका हमालले तुलसीपुर नगर जेसिजको आग्रहमा तुलसीपुर उपमहानगरपालिका – ७ स्थित शान्ति उद्यानमा आचार्यको शालिक स्थापना गर्न आर्थिक सहयोग गरेका थिए ।हमाल राप्ती समाज अमेरिकाका अध्यक्ष पनि हुन ।
जस्को बिहीबार एक समारोहका बीच अनावरण गरिएको छ । शालिक ११ फिट अग्लो छ । आचार्यको प्रतिमा निर्माण गरि स्थापना गर्दासम्म साढे ९ लाख खर्च भइ सकेको जेसिजका पदाधिकारीले जानकारी दिए ।
‘हमालबाट हालसम्म ८ लाख आर्थिक सहयोग प्राप्त भएको छ,’ जेसिजका एक पदाधिकारीले भने ‘ तर अझैं यहाँ दुबो रोप्ने लगाएत केही थप कामहरु गर्नुपर्ने छ ।’
राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख गणेश पार्धैले शालिक अनावरण पछि सम्बोधन गर्दै आदि कवि भानुक्तले एउटा गरिब घाँसी बाट लिएको प्रेरणा जस्तै समाजको हितको लागि सबैले उदाहरण प्रस्तुत गर्न सक्नु पर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर – ७ का वडाध्यक्ष रामबहादुर जिसीले आचार्यको शालिक स्थापना भएपछि शान्ति उद्यानको गरिमा र महत्व थप चुलिएको बताए ।
नेपाल जेसिजका केन्द्रीय उपाध्यक्ष सन्दिपन भुसालले कुनैपनि स्थानका पार्कहरु समाजका लागि फोक्सो समान हुने र त्यसभित्रका कला र संस्कृतिले आत्मा थप्ने विश्वास ब्यक्त गरे ।
त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले आदि कविको शालिक स्थापनाले शान्ति उद्यानको चिनारी र गहनाका रुपमा काम गर्ने आशा ब्यक्त गरे । त्यसले आचार्यले नेपाली भाषा साहित्यमा पुर्याएको योगदान नयाँ पुस्ताले अनुशरण गर्ने र समाजलाई सकारात्मक दिशा निर्देश हुने हमालले बताए ।
गणेश सामुदायिक वनका अध्यक्ष डिल्लीराज भण्डारीले प्रकृति र संस्कृतिको जगेर्ना गरि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सबैले हातेमालो गर्नुपर्ने बताए ।
राप्ती शान्ति उद्यानका अध्यक्ष सुधिर केसीले राप्ती शान्ति उद्यानमा शालिक स्थापनार्थ सहयोग गर्ने, पहल गर्ने सबैलाई धन्यबाद दिदै त्यसले भविश्यमा उद्यानको महत्व थप स्थापित गर्ने बताए ।
कार्यक्रमलाई तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्षहरु पूर्ण बिक्रम डाँगी, झरेन्द्र खरेलले युवाको नेतृत्व र ब्यक्तित्व बिकासका साथै समाजका समस्या समाधान गर्न जेसिजले मिलेर काम गर्ने गरेको बताए । सहयोगी परिवारको तर्फबाट धुर्वराज पुरी, हमालकी बहिनी लक्ष्मी हमाल, पत्रकारको तर्फबाट नारायण खड्का, जेसिजको तर्फबाट शालिक अनावरण कार्यक्रमका संयोजक दीपक केसीले देशको कला, साहित्य र सृजनामा महत्वपूर्ण योगदान गर्ने आदि कवि आचार्यको शालिक निर्माणमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।
शलिक अनावरण कार्यक्रम तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रशाद शर्माको अध्यक्षता र राप्ती बबईका क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख आथित्यतामा भएको हो । कार्यक्रमको सहजीकरण नगर जेसिजका महासचिव झग्गुप्रशाद सापकोटाले गरेका थिए ।
ऋादि कवि भानुभक्त आचार्यको जन्म १८७१ असार २९ गते चुँदी , रम्घा , तनहुँमा भएको थियो ।




