२०८३ बैशाख १३ गते आइतवार

सुनचाँदीको मुल्य बढ्याे,कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ,बैशाख १३ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *