२०८३ बैशाख ९ गते बुधवार

तुलसीपुरको १४ बर्षअघिको बलात्कार मुद्दाका एक अभियुक्त पक्राउ  

दाङ, बैशाख ९ ।

दाङ तुलसीपुरको १४ बर्ष अघिको एउटा बलात्कार मुद्दामा सल्यानका एक युवक पक्राउ परेका छन् ।

सल्यानका प्रहरी प्रबक्ता देवराज भट्टराइका अनुसार जिल्लाको छत्रेश्वरी गाउँपालिका – ६ का ३० बर्षीय मोहन बिक मंगलबार पक्राउ परेका हुन ।

दाङ जिल्ला अदालतले बिकलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष बढी काराबासको सजाय सुनाएको थियो ।

बिक १४ बर्ष यता फरारको सूचीमा थिए । दाङ जिल्ला अदालतले प्रहरीको सहयोगमा सल्यान जिल्ला अदालतमा बिक मुद्दाको लगत पठाएको थियो ।

सोही बमोजिम पक्राउ पछि बिकलाई सल्यान अदालतमा पेश गरिएको र अदालतको आदेशले मंगलबार नै कारागार चलान गरिएको सल्यानका प्रहरी प्रबक्ता भट्टराइले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *