२०८३ साउन २८ गते बिहिवार

ग्राहकको १ करोड ६५ लाख रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ


दाङ, चैत १७ । ग्राहकको एक करोड ६५ लाख रकम हिनामिना गरेको अभियोगमा बैंकका कर्मचारी पक्राउ परेका छन् ।

तौलिहवास्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत कर्मचारी ऋषभ कार्की पक्राउ परेका हुन ।


बैंक खातामा रहेको ग्राहकको एक करोड ६५ लाख रकम आफ्नै खातामा ट्रान्सफर गरी हिनामिना गरेको पाइएपछि कपिलवस्तु नगरपालिका–३, अदालतटोलका २८ वर्षीय कार्की पक्राउ परेका हुन ।


इलाका प्रहरी कार्यालय पकडीको टोलीले चैत ११ गते मायादेवी गाउँपालिका–१ पकडीबाट कार्कीलाई नियन्त्रणमा लिएको थियो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कार्की बैंकमा मेसेन्जरका रूपमा कार्यरत कर्मचारी हुन ।

जस्ले विभिन्न समयमा बैंकिङ प्रणालीभित्र प्रवेश गरी केही ग्राहकका मोबाइल नम्बर परिवर्तन गरेर आफूले प्रयोग गर्ने नम्बर राखी मोबाइल बैंकिङ ट्रान्जेक्सनको सूचना आफैंलाई आउने व्यवस्था मिलाएको तथ्य अनुसन्धान बाट खुलेको छ ।

प्रारम्भिक अनुसन्धान बाट बिगत दुई बर्षदेखि कार्कीले मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्दै आएको पाइएको हो ।


यो बीचमा उनले बिभिन्न १६ जना ग्राहकको रकम आफ्नै खातामा ट्रान्सफर गरेको पाइएको छ ।
म्यासेन्जर कार्कीले दुई जना कर्मचारीका आईडी र पासवर्ड प्रयोग गरी बैंकिङ प्रणालीमा प्रवेश गरेर ग्राहकको रकम अनधिकृत रूपमा आफ्नो खातामा पठाउने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो ।


पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले ७ दिनको म्याद दिएको डिएसपी सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *