दाङ, चैत १६ । दाङ हंसपुरकी एक १४ बर्षीया बालिकाको शब जंगलमा फेला परेको छ ।
जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बबई गाउँपालिका – ३ हंसपुरकी १४ बर्षीया अनु खत्री सोमबार स्थानीय सल्लीकोट सामुदायिक वन मृत अवस्थामा फेला परेकी हुन ।
खत्रीको शब बबई – ४ स्थित सल्लीकोट सामुदायिक वन भित्र फेला परेको हो । प्रहरी निरीक्षक बस्नेतका अनुसार उनी चैत १२ गते साथीको जन्म दिन मनाउन जान्छु भनेर घर बाट गएकी थिइन ।
घर परिवारले १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर खोजीका लागि निबेदन दिएका थिए । १४ गते उनको खोजीका लागि सबै ठाउँमा परिपत्र हुनुका साथै उनको हुलीया काटिएको थियो ।
अभिभावक १५ गते त्यहाँ पुगेर खोजीका लागि निबेदन दिएका थिए । खोजी गर्ने क्रममा सड्न थालेको उनको शब सोमबार फेला परेको हो ।
प्रहरी स्रोतका अनुसार उनको शब जमिनमा फेला परेको थियो भने त्यसको ठिक माथि रुखमा बेल्ट झुन्डिएको अवस्था थियो ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ । शब पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा ल्याइएको छ ।
