२०८३ बैशाख १४ गते सोमवार

प्यूठानमा चट्याङ पर्दा बाबु– छोराको मृत्यु

दाङ , बैशाख १४ ।

प्यूठानमा चट्याङ लागेर बाबु –छोराको मृत्यु भएको छ । आइतबार दिउँसो गौमुखी गाउँपालिका – ६ लिवाङमा चट्याङले लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको हो ।
जिल्ला अस्पताल बिजुवारमा लगेर चेकजाँच गर्दा दुबै जनालाई बेलुकी ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए ।
शव अस्पतालै छ र सोमबार उनीहरुको पोष्टमार्टम गर्ने तयारी छ ।
आइतबार परेको चट्याङबाट जिल्लाको गौमुखी गाउँपालिका – ४ की २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी – ६ की ५८ वर्षीया बोमी बोहोराको जिल्ला अस्पताल उपचार जारी छ ।
शनिबार दिउँसो पनि माण्डवी गाउँपालिका – २ रातापानीमा २० वर्षीया कल्पना अधिकारी र उनकी १६ वर्षीया बहिनी सपना अधिकारीको चट्याङ लागेर घाइते भएका थिए । उनीहरुको पनि जिल्ला अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *