२०८१ बैशाख २० गते बिहिवार

सहकारी घोटलाबारे संसदीय छानविन समिति नबन्दासम्म संसद चल्दैन – दीपक गिरी


तुलसीपुर, चैत २७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले सहकारी घोटला बारे छानविन समिति नवन्दासम्म संसद चल्न नसक्ने बताएका छन् ।

सोमबार तुलसीपुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा तुलसीपुर उपमहानगर समितिले आयोजना गरेको दोस्रो नगर सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीले सहकारीमा करोडौं घोटाला प्रकरणमा गृहमन्त्री रबी रामिछाने बारे संसदीय छानविन समिति गठन नहुँदासम्म काँग्रेसले सदन चल्न नदिने बताएका हुन ।

‘अहिलेका गृहमन्त्री रबी लामिछाने माथि सहकारी माफर्त पचासौं हजार सर्वसाधारणले वचत गरेको अर्बौं रकम अपचलन गरेको अभियोग सार्वजनिक रुपमै छरप्रष्ट भएको छ,’ नेता गिरीले भने ‘ यदी उहाँ निर्दौश भए, संसदीय छानविन समिति गठन गर्न किन डराउनु प¥यो ।’

उनले जबसम्म छानविन समिति गठन हुँदैन तबसम्म संसद नचल्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि गेहेन्द्र गिरीले काँग्रेसका कार्यक्रमहरुमा राजनीतिक बहसका सट्टा आन्तरिक आरोप प्रत्यारोपनमा रमाउने प्रबृतिको अन्त्य हुनुपर्ने बताएका थिए ।

‘ यस्ता कार्यक्रमहरुमा हामीले राजनीतिक बहस गर्नु पर्ने हो,’ उनले भनेका थिए ‘ गुटका नाममा एकले अर्कोको खुट्टा तान्ने र धारे हात लगाउने प्रबृति अन्त्य हुन आवश्यक छ ।’

अर्का बिशिष्ट अतिथि तथा जिल्ला सभापति शंकरप्रशाद डाँगीले पार्टीले गरेका राम्रा कामहरुको प्रचार प्रशार गर्न कार्यकर्ता चुक्न नहुने बताएका थिए ।

त्यस्तै उनले काँग्रेसका हरेक क्रियासिल सदस्य संगठन निर्माणमा लाग्न आग्रह गरे । पूर्व जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काले पार्टीमा बिधि,पद्धती र अनुशासन कमजोर भएको प्रति चिन्ता जाहेर गर्दै हरेक नेता कार्यकर्ताले त्यसबारे मनन् गर्न जरुरी रहेको बताएका थिए ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा काँग्रेस लुम्बिनी प्रदेशका प्रबक्ता प्रचण्ड क्रिकम न्यौंपाने (गुन्टु्)ले नेता हौं भन्ने हरेक नेता कार्यकर्ताले संगठन निर्माणमा लाग्नु पर्ने बताएका थिए ।

उनले हालका गृहमन्त्री रबी लामिछानेको सहकारी ठगी प्रकरणको बिरोधमा हरेक नेता कार्यकर्ता खरो रुपमा उत्रनु पर्ने बताएका थिए ।

नगरसभापति सुरेश हमालको अध्यक्षतामा भएको दोस्रो नगरसभालाई ५४ जना बिभिन्न ब्यक्तिहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *