तुलसीपुर ,पुस १ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औँ स्थापना दिवसको अवसरमा पहिलो दिन आइतबार विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन ।
नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा सल्लाहाकार सुदिप गौतमको प्रमुखमा आतिथ्यतामा तुलसीपुर १८ बेलझुण्डी रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, घैटाफोड प्रतियोगिता र कुर्सी दौड प्रतियोगिता सम्पन्न भएका हुन ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रिहार र जंगलकुटी बिच प्रतिस्पर्धा भएको थियो ।
जसमा रिहारले जंगलकुटीलाई ३ का विरुद्ध ५ गोलले पराजित गरेको हो । जंगलकुट्टीको तर्फबाट आदित्य केसीले २ गोल गरेका थिए भने १ गोल आत्मघाती गएको थियो ।
त्यस्तै भने रिहारको तर्फबाट बिनोद बिकले ३, आरके शितलले १ र हिमाल महराले १ गोल गरेका थिए । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका डिएन दाहालले गरेका थिए ।
यसैबीच महिला पत्रकारहरुबिच भएको कुर्सी दौड प्रतियोगितामा रिता केसी प्रथम, यमकला भुसाल द्वितिय र शुरक्षा चौधरी तृतिय भएका छन् ।
त्यस्तै घैटा फोड प्रतियोगितामा पुर्ण कुसारी प्रथम भएका छन् । खेलकुदका विजेताहरुलाई पुस ४ गते सम्मान गरिने भएको छ ।