२०८१ बैशाख २१ गते शुक्रवार

महिला र बालिका जोगिनै मुस्किल !

तुलसीपुर,साउन ८ । घटना साउन ४ गते मध्य रातको हो । तुलसीपुर बसपार्कमा प्यूठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धाले आफुले नसोचेको व्यवहार भोग्नु प¥यो । त्यो खबर सुन्ने सबै आक्रोसित बने । सुन्दै पत्याउन गाह्रो पर्ने घटना । जो नाति समान दुई युवाबाट बलात्कारको शिकार भइन ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी उनी सडकमै अलपत्र परिन । नजिकै चिनेजानका कोही थिएनन् । होटलमा खान र बस्न पैसा थिएन । कहाँ जाने ? उनले बसपार्क स्थित सडक चौपारिमा रात विताउने निधो गरेकी थिइन ।

वृद्ध शरिर त्यो माथि भोको पेट । निन्द्रा कसरी लागोस । त्यसमाथि लामखुट्टेको टोकाइ । उनी चौपारीमै पल्टि रहेको समयमा रातको १२ बजेतिर दुइ युवक आए । उनी संग दया भावले कुरा सुरु गरे । केही खाए नखाएको सोधे ।
खाना खुवाइ दिने र बासको पनि व्यवस्था गरिदिने वाचा गरे । उनले सहजै पत्याइन । ७३ बर्षीय उनी नाति समान दुई युवाको पछि लागिन । तुलसीपूर बसपार्क भित्र भित्र पुगेपछि पार्किङको एउटा बसमा चढन करबल गरे ।

त्यसपछि उनीमाथि अत्याचार भयो । उनीहरुले सामुहिक बलात्कार गरे । चिच्याउँदा कराउँदापनि बृद्धाको कुनै उपाय चलेन । कसैले उनी चिच्याएको सुन्छ । प्रहरीलाई सूचना दिन्छ । केही बेरमा घटनास्थल पुग्छ । बस भित्र जबरजस्ती गरि रहेका दुई युवालाई नियन्त्रणमा लिन्छ ।

हाल पीडित महिला तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको उपमेयर महिला सुरक्षा आबासमा राखिएको छ ।

हालसालै दाङ शान्तिनगरकी एक ८ बर्षीया नाबालिकाले यस्तै अत्याचार खेप्नु प¥यो । ती बालिका दाजु नाता पर्ने २९ वर्षीय युवकबाट बलात्कृत भइन । घरमा अभिभावक नभएको समयमा आएका दाजु पर्ने ब्यक्तिले पशुवत ब्यबहार गरे ।

जस्ले ललाइ फकाइ मकै बारीमा लगेर बालिकालाई बलात्कार गरेको प्रहरी बताउँछ । आठ बर्षीया बालिका माथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका युवक प्रहरी हिरासतमा छन् । यी दुबै घटानाका आरोपित माथि थप अनुसन्धान जारी रहेको प्रहरी बताउँछ ।

यी केही प्रतिनिधि घटना हुन् । पछिल्लो समय नाबालिका र बृद्ध महिलासमेत बलात्कारको शिकार बनाइएका छन् ।

कलिला बालिकादेखि जीवनको उताद्र्धमा पुगेका अशक्त बृद्धाहरु बलात्कारीको शिकार बन्न पुगेका छन । यी घटनाले नाबालिका र अशक्तहरुपनि असुरक्षित बन्दै गएको तथ्य बोल्छ ।
यस्ता घटाका पीडितलाई समयमै परामर्ष र सहयोगको निकै खाँचो हुन्छ ।

सरोकारवालाबिच छलफल

तुलसीपुर उपमहानगरपालिकाले सोमबार महिला तथा बालबालिकाहरुको सुरक्षा विषयक सरोकारवालाहरुका बीचमा छलफल गरेको छ।

त्यस अबसरमा यस्ता घटना न्यूकीकरणका लागि कानुनहरु किशोर किशोरी माझ लैजान सकेमा मात्र विभिन्न खालका लैंगिक हिंसा र बलात्कार जस्ता अपराधिक क्रियाकलापहरु घट्दै जाने सरोकारवालाहरुले बताएका थिए ।

तुलसीपुरकी उपमेयर श्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मेयर टिकाराम खड्काले हालै बसपार्कमा बृद्धा माथि भएको बलात्कारको घटनाले सिंगो दाङ बासीलाई नै स्तब्ध तुल्याएको भन्दै यस्ता अपराधिक कार्यमा संलग्न जो भएपनि कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने जोड दिए ।


यस्ता अपराधिक घटना न्यूनिकरण गर्न समाज थप जिम्मेवार हुनुपर्ने उनले बताए ।

कानुनी मामिला शाखा प्रमुख हुमबहादुर बिकले वितेको आर्थिक वर्ष २०७९÷०८०मा तुलसीपुर न्यायिक समितिमा विभिन्न प्रकृतिका १ सय ७२ वटा मुद्धा दर्ता भएको बताए । ती मध्ये ५३ वटा हिंसाका मुद्धाहरु थिए । जसमा ६६ वता मुद्दा फच्यौट भइसकेको र अन्य प्रकृयामै रहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले हिंसा न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु ग्रामिण भेगसम्म लैजानुपर्ने बताए ।

उनले बितेको वर्षमा मात्र कार्यालयमा घरेलु हिंसा,यौन हिंसा,बलात्कार, जबरजस्ती करणी,ग्याङ फाइट लगाएत विभिन्न प्रकृतिका चार सय बढी मुद्दा दर्ता भएको जानकारी दिए । महिला बालबालिका, जेष्ठ नागरिकका दैनिक १० देखि १५ वटा घटनाहरु आउने गरेको विवरण प्रस्तुत गरे ।

‘हामी अझैपनि पितृसत्तात्मक सोचबाट बाहिर निस्कन सकेका छैनौ,’ डिएसपी मल्ले भने,‘हाम्रो समाजम पुरुषले महिलालाई मात्र हिंसा गरिरहेको छैन,महिलाले महिलालाई पनि हिंसा गरिरहेका छन।’

त्यस्तै उपमेयर महिला सुरक्षा आभासका ज्ञानु केसीले वितेको १ वर्षमा ३४ जना हिंसा प्रभावितलाई सेवा दिएको बताइन । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० सम्म १८ बर्ष माथिका १६ जना, १६ बर्ष मुनिका बालिका १२ जना, १ बर्ष मुनिका २ जना र अन्य ४ जना गरि ३२ जना महिला तथा बालिकाहरु घरेलु हिंसा र बलात्कार पीडित थिए । ओरेकका अनुसार वितेको वर्षमा मात्र नेपाल भर १ हजार ८ सय १३ र दाङमा १ सय ३९ वटा घटनाहरु दर्ता भएका थिए ।

ओरेक जिल्ला संयोजक पूजा चौधरीले घरेलु हिंसा,शारिरीक,मानसिक यातना,बलात्कार,यौनहिंसा लगाएतका घटनाहरु बढी आउने गरेको बताइन ।

तुलसीपुरमा हिंसा प्रभावितहरुको सख्या पत्ता लगाउन अस्पतालमा आधारित एक द्वार संकट ब्यबस्थापन केन्द्र सञ्चालन समेत गरिएको छ । कार्यक्रममा अधिकारकर्मी सुशिल बस्नेत र त्रिशिद्देवरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल पछिल्लो समय तुलसीपुर क्षेत्रमा अपराधिक क्रियाकलापहरु बढ्दै गएको बताउँदैै उपमहानगरपालिकाले बसपार्क भित्र सिसी टिभी र बिजुली बत्ति जडान गर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले बिभेदकारी कानुन र आरक्षणका कारण हिंसा बढेको पनि बताए । महिला अधिकारकर्मी सुष्मा गिरी,युवा करारा ,थर्ड आइ नेपालका अध्यक्ष बसन्त गिरी, तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत लगाएतले अशक्त र आर्थिक अवस्था कमजोर भएका महिलाहरु सम्म सचेतनाका कार्यक्रम पु¥याउन आवश्यक रहेको बताए ।

कार्यक्रमको सहजिकरण तुलसीपुरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *