२०८१ बैशाख १९ गते बुधवार

एमाले नेता स्व. श्रीमणिको सालिक निर्माण सुरु

काँग्रेसका नेता घमण्डबहादुर मल्ल निर्माण समितिको संयोजक



काठमाडौंमा निर्माणाधित स्व.श्रीमणिको सालिकको नमुना ।

तुलसीपुर, चैत २१ । नेकपा एमालेका स्वर्गीय नेता श्रीमणि आचार्यको सालिक निर्माणको काम सुरु भएको छ ।

काठमाडौंमा सालिक निर्माण भइ रहेको छ । निर्माण पुरा पछि जन्म गाउँ तुलसीपुर उपमहानगरपालिका – ११ हस्नापुरमा सालिक स्थापना गरिने भएको छ ।

सालिक हस्नापुरस्थित बेलटाकुरा खानेपानीको कार्यालय भित्र स्थापना गरिने गाविस अध्यक्ष मानबहादुर रावतले फरककोणलाई बताए ।

हाल खानेपानीले उपयोग गर्दै आएको सार्वजनिक जग्गा एक बिगाहा तीन कठ्ठामा यअसघि नै खानेपानीले ताबरबार गरि सकेको थियो । अब त्यसमा वरिपरी पर्खाल लगाउने, सभाहल निर्माण गर्ने, पिकनिक स्पट बनाउने, बालबालिका र जेष्ट नागरिकका लागि सुन्दर पार्कको रुपमा बिकास गरिने वडाध्यक्ष रावतले जानकारी दिए ।

राजनीतिक रुपमा आँफुलाई स्व. श्रीमणिका चेला मान्ने वडाध्यक्ष रावतले सालिक निर्माणका लागि हरेक पार्टीका नेता कार्यकर्ता र ब्यापारी संग चन्दा संकलनको कार्य भइ रहेको बताए । सालिक निर्माण गर्न बेल्टाकुरा निवासी नेपाली काँग्रेसका युवा नेता घमण्डबहादुर मल्लको संयोजकत्वमा एक समिति निर्माण गरिएको छ ।

‘सालिक निर्माणको काम काठमाडौंमा सुरु भइ सकेको र बैंशाख अन्तिमसम्म निर्माण कार्य पुरा गरि सक्ने कुरा मुर्तीकारले बताएका छन्,’ एमाले नेता रावतले भने ‘जेठको दोस्रो साता भित्रै सालिक हस्नापुुरमा स्थापना गरि सक्ने लक्ष छ ।’

सालिक निर्माणका लागि झन्डै दश लाख खर्च हुने भएपनि सबै खर्च लगभग २५ लाख जति लाग्ने अनुमान गरिएको रावतले जानकारी दिए ।

स्व. श्रीमणिले बिक्रम सम्बत २०५० पछि आठ बर्ष एमाले दाङको तत्कालिन सचिव अर्थात पार्टी प्रमुखको रुपमा काम गरेका थिए ।

एमालेको निर्देशन पछि साढे १९ बर्ष शिक्षण पेशामा बिताएका श्रीमणिले २०४९ सालको स्थानीय तहमा गाविस अध्यक्ष प्रतिष्पर्धा गरेका थिए । जतिखेर आचार्यलाई नेपाली काँग्रेसका स्वर्गीय नेता रेशमबहादुर भण्डारीले पराजित गरेका थिए ।

श्रीमणि २०५६ मा संसदीय निर्वाचनमा पनि पराजित भएका थिए । दाङको साबिक निर्वाचन क्षेत्र नं. ४ मा एमाले उम्मेदवार श्रीमणिलाई अहिले नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पराजित गरेका थिए ।

बिगतमा एमाले भित्र एक, सादकी, सालिन र इमान्दार नेताको परिचय बनाएका श्रीमणिको मृत्यु २०६३ साल पुस ३ गते भएको थियो ।

सालिक स्थापना पछि हाल खानेपानीले उपयोग गर्दै आएको जग्गालाई पर्यटकीय स्थलको रुपमा बिकास गरिने वडाध्यक्ष रावतले बताए । त्यसका लागि संघ र प्रदेश सरकारबाट बजेट माग गरिने छ ।


त्यसका लागि झन्डै १५ करोड हराहारी बजेट चाहिने पनि उनले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *