२०८१ असार ८ गते शुक्रवार

तुलसीपुर वाणिज्य संघका निर्वाचन – मतदाता नामावली प्रकासित

तीन हजार चार सय ७४ मतदाता

तुलसीपुर, बैशाख २० । यही २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि बिहीबार मतदाता नामावली प्रकासन गरिएको छ ।


संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताको नाम प्रकासित गरिएको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले फरककोणलाई जानकारी दिए ।
सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार मतदाताको अन्तिम नामाबली प्रकासन भने २२ गते दिउँसो ३ बजेलाई तोकिएको छ ।


त्यस्तै उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।
तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।


निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र , त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियम बनाएको छ ।
निर्वाचन लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । बजारमा संघको नेतृत्वको लागि महासचिव विनिल केसी र उपाध्यक्ष ललितजंग शाहको नाम बढी चर्चामा छ ।


यद्यपी कोषाध्यक्ष देवबहादुर केसीले आँफुपनि अध्यक्ष पदको प्रमुख दाबेदार भएको बताए । सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण भए अन्य बिभिन्न अग्रज ब्यापारिक नेताहरु नेतृत्वमा जाने मनस्थितिमा रहेको स्रोत बताउँछ ।


सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप र सबैलाई स्वीकार्य हुने साझा ब्यक्तिको खोजीमा दलहरु कसरतमा जुटेका छन् ।
तुलसीपुरस्थित नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यायमा बुधबार त्यसबारे काँग्रेसका नेताहरुका बीचमा झन्डै नौं घन्टा जति छलफल चलेको थियो । सकभर अबको एक दुई दिन भित्रै पार्टीबाट संघमा पठाउने उम्मेदवारको टुँगो लगाउने पक्षमा आँफुहरु रहेको काँग्रेसका एक नेताले फरककोणलाई बताए ।


‘हामी अन्तिम गृहकार्य गरि छौं,’ उनले भने ‘ सकभर स्वच्चछ छविका र सबैलाई स्वीकार्य हुने युवालाई नेतृत्वका लागि पठाउने प्रयास हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *