२०८३ जेष्ठ १५ गते शुक्रवार

तुलसीपुरको इतिहासमै कम राजश्व शंकलन

तुलसीपुर,जेठ ३० । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ४० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म २१ करोड ३२ लाख २८ हजार १ सय ९५ रुपैया मात्र राजश्व शंकलन भएको छ ।

तुलसीपुरले विगत दुइ वर्षदेखि लक्ष्य अनुसारको राजश्व शंकलन गर्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाका राजस्व व्यवस्थापन शाखा प्रमुख वरिष्ठ बित्तिय अधिकृत ललितबहादुर घर्तीका अनुसार अघिल्लो वर्षदेखि राजश्व शंकलनमा गिरावट सुरु भएको हो ।

यो बर्ष अहिलेसम्म सम्पत्ति करबाट एक करोड १८ लाख ६६ हजार चार सय ४० , भूमिकर÷मालपोतबाट एक करोड ६७ लाख ८३ हजार ७२, जग्गा÷घरबहाल करबाट एक करोड ६७ लाख पाँच हजार ६ सय ५५, बहाल विटौरी करबाट ४८ लाख ४९ हजार तीन सय ६७ , पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर ५६ लाख २१ हजार ६ सय २६ ,मनोरञ्जन कर तीन लाख ३० हजार, व्यवसाय रजिष्टे«शन दस्तुर ७१ लाख ४७ हजार ६ सय १८ रुपैया राजश्व शंकलन भएको छ ।

त्यस्तै अन्य कर २० लाख १९ हजार चार सय ५०,अन्य सेवा शुल्क ३७ लाख ८० हजार सात सय ३९,नक्सापास दस्तुर एक करोड ६२ लाख ४१ हजार पाँच सय ८५,सिफारिस दस्तुर दुई करोड ६२ लाख ३४ हजार दुई सय ७५ ,व्यक्तिगत घटना दर्ता दस्तुर १८ लाख ५९ हजार दुइ सय ८९, अन्य दस्तुर ८१ लाख ६९ हजार दुइ सय ९२, खानी तथा खनिज सम्बन्धी दस्तुर पाँच लाख पाँच हजार चार सय ७०, न्यायिक दण्ड,जरिवाना र जफत ४३ हजार पाँच सय ५६, प्रसाशनिक दण्ड,जरिवाना र जफत पाँच लाख २८ हजार सात सय ३६ र अन्य राजश्यबाट ९१ हजार ७ सय रुपैया राजश्य संकलन भएको घर्तीले जानकारी दिए ।

त्यस्तै खोला तथा नदी जन्य पदार्थबाट ८२ लाख ५० हजार र मालपोतबाट आठ लाख ९९ हजार नौं सय २२ गरि हालसम्म जम्मा २१ करोड ३२ लाख २८ हजार एक सय ९५ मात्र राजश्व शकंलन भएको छ ।

उनले अब आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी रहेकोले यो बीचमा लगभग दुइ करोड बराबर राजश्व शंकलन गर्न सकिने अनुमान गरे । तथ्याङ्क नियाल्दा यो वर्ष अहिले सम्मकै कम राजश्व शंकलन भएको उनले जानकारी दिए ।

राजश्व सुधार कार्ययोजनामा उल्लेख भए अनुसार तुलसीपुरमा दुइ अर्व ६ करोड ४० लाख ७२ हजार १ सय १५ रुपैंया राजश्व उठ्ने क्षमता छ । तुलसीपुरले गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ६० करोड राजश्व शंकलन गर्ने लक्ष्य राखेकोमा ३३ करोड मात्र राजश्व शंकलन गरेको थियो ।

राजश्व शंकलनमा किन ठूलो गिरावट आयो ?

जनप्रतिनिधिहरुले लक्ष्य पुरा गर्ने राम्रो योजना बनाउन नसक्दा,स्थानीय करदाताले स्थानीय सरकारलाई सरकारको रुपमा मान्यता नदिंदा लक्ष्य अनुरुप राजश्व शंकलन गर्न नसकिरहेको बरिष्ठ बित्तिय अधिकृत घर्तीको बुझाइ छ ।

‘राज्यलाई हामीले कर मात्र तिर्नुपर्छ र त्यो कर कति ठाँउ कर तिर्ने भन्ने आम नागरिकलाई आभास भएको छ,’ घर्तीले भने ‘स्थानीय पालिकालाई राजश्व तिर्न करदाता उत्साहित नभएको अवस्था छ ।’

रावजश्वका सबै क्षेत्रहरुलाई समेट्न नसकिरहेको तथ्यपनि उनले स्वीकार गरे । ‘जतिसक्दो करको दायरा बढाएपनि सकभर राजश्व तिर्न नपरोस भ्न्ने मानसिकता कारदातामा देखिनु सुखद पक्ष मान्न सकिदैन,’ उनले भने ।

घर्तीले करदातालाई करको दायरामा ल्याउनका लागि करको दर बृद्धि नगर्न विभिन्न क्षेत्रहरु खोजिरहेको भएपनि त्यसबाट सफलता हात पार्न नसकिरहेको बताए ।

‘ यो वर्षदेखि नगर उपभोग शुल्क भनेर कार्यान्वयन तहमा गएका छौं,’ उनले भने ‘विभिन्न अभियानहरु पनि सञ्चालन गरिरहेका छौं र पनि जति राजश्व उठ्नुपर्ने हो,जति स्थानीय सरकारप्रति जनताले विस्वास गर्नुपर्ने हो त्यत्ति विस्वास गर्न नसकेको अवस्था छ।’

तुलसीपुर ढुगां गिट्टी ,बालुवा यथेष्ट पाइने ठाउँ भएपनि विभिन्न क्षेत्रहरुको बाधा,अवरोध,कानुनी बन्देजले गर्दा खोला नालाबाट सोचे अनुरुप राजश्व शंकलन गर्न नसकेको उनले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *