२०८३ कार्तिक १७ गते सोमवार

आज सुन तोलामा ८ हजार ३ सय घट्यो


दाङ, कात्तिक १५ ।


आज सुन र चाँदीको मूल्य घटेको छ ।
सुन आज तोलामा आठ हजार तीन सय रूपैयाँ घटेको छ ।
आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।


शुक्रबारपनि सुन तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको थियो । त्यो दिन सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा एक सय ७५ रूपैयाँ घटेको हो । आज चाँदी तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।


सुन अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस तीन हजार आठ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *