दाङ, कार्तिक २४ ।
मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
चालक गम्भीर घाइते छन् ।
यो घटना बर्दियाको हो ।
बर्दिया बढैयाताल गाउँपालिका–८ सितलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते मध्य पछाडि सवार बाँकेको कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको मंगलबार बिहान मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।
चालक सोही ठाउँका २० वर्षीय दिक्षित श्रेष्ठपनि गम्भीर घाइते छन् ।
दुर्घटना पछि घाइते दुवैजनालाई उद्धार गरि उपचारका लागि बाँकेको नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेजमा पुर्याइएको थियो ।
त्यहाँ बाट थप उपचारका लागि छिमेकी देश भारतको लखनउ लगिएको थियो । थापाको मंगलबार बिहान लखउनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक श्रेष्ठको उपचार जारी छ । उनको अवस्थापनि गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको जानकारी दिएको छ ।
