२०८३ कार्तिक २५ गते मङ्गलवार

ठूलो आवाज दिने पटाका पड्काएको आरोपमा ७ जना पक्राउ

दाङ, कात्तिक २४ ।

ठूलो आवाज दिने पटाका पटकाइ समाजलाई आतंकित तुल्याएको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीका डिएसपी तथा प्रहरी प्रबक्ता कृष्णकुमार चन्दका अनुसार सोमबार बेलुकी पौने ७ बजेतिर कलिबस्तुको बाणगंगा नगरपालिका – २ का कृष्ण परियार र आर्यन परियार पक्राउ परेका थिए । उनीहरुले चोकमा पटाका पड्काउँदा एक जना घाइते भएका थिए । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।


परियार द्धय बाणगंगा नगरपालिका – २ को लागि गुराँस युवा क्लवबले आयोजना गरेको भैलो खेल्दै रुपन्देही पुगेको थिए । त्यहाँको कञ्चन गाउँपालिका – १ हात्ती बजार चोकमा पुगेको समयमा उनीहरुले ठूलो आवाज दिने पटाका पड्काउँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
पटाका पड्काएर समाजलाई आतंकित पारेको आरोपमा प्रहरीले रुपेन्देहीको रोहिणी गाउँपालिका – ३ धकधईका किसन मिश्र, रोहिणी – ४ का पञ्चम हरिजन, रोहिणी – १ का अंगतकुमार कहार, सिद्धार्थनगर नगरपालिका – ४ का मेहसल बरई र बुटवल उपमहानगरपालिका – ११ बुद्धनगरका सन्देश परियार पक्राउ परेका छन् ।


डिएसपी चन्दका अनुसार पक्राउ परेका सात जना माथि आवश्यक अनुसन्धान भइ रहेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *