२०८३ कार्तिक २४ गते सोमवार

डोल्पा कारागार बाट भागेका थप २ जना कैदी पक्राउ

अब २ जना मात्रै पक्राउ पर्न बाँकी

दाङ, कात्तिक २३ ।

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर भागेका आठ जना कैदी मध्य थप दुई जना कैदी पक्राउ परेका छन् ।

यो सहित पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

आइतबार प्रहरीले जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ बर्षीय हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका – १ का २५ बर्षीय यज्ञ विकलाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँभन्दा माथिको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरु दुबै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरु थिए ।


प्रहरीका अनुसार बिकलाई १२ बर्ष कैद सजाय तोकिएको थियो भने उनले अब भुक्तान गर्नुपर्ने सजाय १० बर्ष ८ महिना थियो । त्यस्तै बुढालाई पनि अदालतले सोही करणी कसुरमा १२ बर्ष कैद सजाय तोकेकोमा उनले अब ९ बर्ष ५ महिना सजाय भुक्तान गर्न बाँकी थियो ।
यसअघि चार जना पक्राउ परि सकेका थिए ।


जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ घर भएका १९ वर्षीय कैलाश भनिने कपिल परियार कात्तिक १८ गते पक्राउ परेका थिए ।
खोजतलास गर्ने क्रममा उनीहरु दुबै जना डोटीको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा बुधबार बिहान पक्राउ परेका थिए ।
रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका ब्यक्ति हुन भने परियार नकबजनी (चोरीसम्बन्धी) कसुरमा ३ वर्ष कैद सजाय भइ सजाय भुक्तान गरि रहेका ब्यक्तिहुन ।
त्यसअघि मंगलबार बिहान रुकुम पश्चिमबाट पक्राउ परेका थिए ।


रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ बर्षीय रेशम राना पक्राउ परेका थिए । पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरि रहेका थिए ।
उनीहरु सबै १४ गते राति कारागारको सुरुङ खनेर भागेका थिए ।

अब दुई जना मात्रै पक्राउ पर्न बाँकी छन् ।
जस्मा चोरी मुद्दामा पक्राउ पछि पूर्पक्षका लागि थुनामा रहेका
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारीपनि संगै कारागार भित्र सुरुङ खनेर भागेका छन् ।
उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *