
तुलसीपुर, कात्तिक ८ ।
तुलसीपुर यातायात प्रालिले नयाँ सुविधा सम्पन्न गुराँस एसी बसहरु थपेको छ ।
थपिएका नयाँ बसहरु अध्यक्ष पवनराज बुढाथोकी, उपाध्यक्ष धनसिंह खत्री, प्रशासनिक सचिव निमकुमार श्रेष्ठ, कोषाध्यक्ष छविकुमार डाँगीले पूजा गरि सेवाको सुभारम्भ गरेका हुन ।
दाङ–काठमाडांै रात्रि सेवाका लागि प्रालिले सुविधा सम्पन्न तीन वटा नयाँ बस थपेको अध्यक्ष पवनराज बुढाथोकीले बताए ।
समय अनुकुल यात्रुको सुबिधालाई मध्यनजर गदै नयाँ गुराँस एसी बस थप गरिएको बुढाथोकीले जानकारी दिए ।
यी नयाँ बसहरु घोराहीबाट संचालन गरिने भएको छ ।
युवा विदेश पलाइन भइरहेको समयमा स्वदेशमै केही गर्ने तथा रोजगार सिर्जना गर्ने उदेश्यका साथ बसमा लगानी गर्ने युवालाई प्रोत्साहन गर्ने अध्यक्ष बुढाथोकीले आग्रह गरे ।
पदाधिकारीले यात्रुमैत्री वातावरण निर्माण गरि सुरक्षित, आरामदायी यात्रा गराउन तुलसीपुर यातायात प्रालि लागि परेको बताएका थिए ।
व्यवसायी विष्णु विश्वकर्माले नयाँ गुराँस एसी बसमा आरामदायी सोफा सिटहरु रहेको बताए ।
जस्मा सिल्पर ८ सिटसहित ३७ सोफा सिट छन् । उनका अनुसार एउटा बस करिब एक करोड बराबर मूल्य परेको छ ।
यो प्रालिले यसअघि गरुड एसी, शुभकामना एसी क्विन एसी, गोल्डेन एसी, मयुर एसी, तुलसीपुर एसी, कल्की एसी यार्सा, सँगै हाइस र हायस एसी ईभी दाङ–काठमाडांै संचालन गर्दै आएको कार्यालय प्रमुख विमल गुप्ताले बताए ।
यो समिति २०५६ सालमा स्थापना भएको हो ।


