दाङ, असोज २९ ।
जाजरकोटमा बिहीबार बिहान करिब २ बजेतिर भएको जिप दुर्घटनामा परि चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सुर्खेतबाट जाजरकोटको जुनिचाँदे तर्फ जाँदे गरेको क।.प्र. ०२००१ च १२४३ नम्बरको बलेरो जिप जुनिचाँदे – २ गैरीगुवास्थित भित्री सडक खण्ड बाट भन्डै तीन सय मिटर मुनी खसेको थियो ।
त्यो दुर्घटनामा परि जाजरकोटको जुनिचाँदे गाउँपालिका – ९ कल्ली स्यालाका २० बर्षीय चालक सन्तबहादुर बस्नेत र जुनिचाँदे – ३ स्यालाकी ३० बर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि मृतक भण्डारीका श्रीमान ३० बर्षीय दिलबहादुर भण्डारी र छोरा बर्ष ४ को शिशिर भण्डारीका साथै सोही ठाउँकी ५० बर्षीया सितला टमटा घाइते छन् ।
घाइते तीनै जनाको अवस्था मध्य रहेको छ । उनीहरु सबैलाई उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ ।
जिल्लाका प्रबक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काले दुर्घटना बारे थप अनुसन्धान भइ रहेको जानकारी दिए ।
