तुलसीपुर,जेठ २९ । तुलसीपुरको सल्यान रोडमा ऊँ श्रीदि कस्मेटिक पसल सञ्चालनमा आएको छ । कस्मेटिक पसलको उद्घाटन तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले गरेका हुन ।
त्यस अवसरमा बोल्दै अध्यक्ष घर्तिले उपभोक्तालाई गुणस्तरीय सामान र बोली व्यवहारले प्रभाव पार्न सक्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।
उनले पछिल्लो समय व्यापारीहरू पलायन हुँदै गइरहेको अवस्थामा व्यवसायमा आउने नयाँ जमातको पनि उत्तिकै संख्या बढ्दै गएकोले व्यवसायीका प्रवर्द्धनका लागि राज्य र तिनका निकायहरू पनि जिम्मेवार बन्न आवश्यक रहेको बताए ।
५ लाखको लगानीमा कस्मेटिक पसल सञ्चालनमा ल्याएको प्रो.खमबहादुर बुढाले जानकारी दिए । उनका अनुसार कस्मेटिक पसलमा लेडिज जुत्ता, चप्पल, बच्चा र विवाहको सामानहरू सुपथ मूल्य उपलब्ध गराइने बुढाले बताए ।
उद्घाटन कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।
