प्रमोद आचार्य, दंगीशरण जेठ २७ । दंगीशरण गाउँपालिका वडा न. १ को प्रशासनिक भवन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको शनिबार उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष शम्भु गिरीले सुबिधा सम्पन्न भवन बनेको भन्दै अब बिपन्न दलितका आवाजलाइ समेटी समानुपातिक रुपमा सेवा प्रवाह गर्न आग्रह गरे । आफु चुनावी प्रतिबद्धता अनुसार अगाडि बढिरहेको भन्दै अध्यक्ष गिरीले भौतिक बिकास संगै मानविय बिकासको पक्षलाई पनि महत्वमा राखेर काम भइरहेको बताए ।
गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले नयाँ भवन संगै सर्वसाधारणलाई गर्ने ब्यबहार र सेवा प्रवाह थप सरल बनाउन आग्रह गरिन । उनले वडा कार्यालयको भवन निर्माणका जग्गा दान दिने बिष्णुमणि उपाध्याय र मलिकादेवी उपाध्याय प्रती ज्ञापन गरेकी थिइन ।
प्रशासनिक भवन उद्घाटन भए पछि वडाका हरेक काम कुरा गर्न र जनतालाइ सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको वडाध्यक्ष रमेश भण्डारीले बताए ।
जग्गादाता बिष्णुमणि दहालले आफु बोली भन्दा कर्ममा बिश्वास गर्ने ब्यक्ति भएकाले कामलाइ प्राथमिकतामा राखी अगाडि बढ्न सुझाब दिए । कार्यक्रममा भूमी दातालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।