पार्वती बस्नेत, सल्यान ,जेठ २६ । आफुहरुले उत्पादन गरेको तरकारी घर आगनबाट बिक्री हुन थालेपछि सल्यान निबासी नोखी बुढाथोकीको घरपरिवार अहिले खुसी छ। नोखी बुढाथोकीको घरपरिवार मात्रै होईन् त्रिबेणी गाँउपालिकाका स्थानिय बासिन्दाहरु पनि खुसी भएका छन्।
त्रिबेणी गाँउपालिका वार्ड नम्बर– ६ सल्लेखोला सल्यानमा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लि.ले तरकारी बिक्रीका लागि हाटबजारको शुुरुवात गरेसगैँ व्यवसायीक बजारीकरणको काम गर्न थालेपछि नै स्थानीय बासिन्दाहरु खुसी भएका हुन ।
आफुहरुले उत्पादन गरेको तरकारीको लागी बजार खोज्न अन्त कतै धाउन नपर्ने,तरकारी बिक्री गर्दा बिचौलियाहरुले फाईदा उठाउन नपाउनुका साथै तरकारी बिक्री गर्दा उधारो फस्ने तनाव हुन्थ्यो त्यो झन्झट पनि अहिले भोग्नुपरेको छैन् नोखी ढाथोकीले भने ।
बर्षेनी १०लाख बढीको तरकारी कारोबार गर्दै आउनुभएका बुढाथोकी परिवारहरुले अहिले थप २कठा जग्गा भाडामा लिएरै जम्मा ५कठा क्षेत्रफलमा ब्यावसायिक तरकारी खेति गर्दै आएका छन ।
नोखी बुढाथोकीको घरपरिवार जस्तै सल्यानकै अर्की नन्दकली रेउलेको घरपरिवारले पनि तरकारी खेतिलाई ब्यावसायिक रुपमा अगाडी बढाएको छ।
उहाले पनि बर्षेनि सहकारी बाटै ७लाख बढिको तरकारीको कारोबार गर्दै आएका छन । हेफर ईन्टरनेशनल नेपाल र तत्कालिन शान्ति नेपाल संस्थाको सहयोगमा महिला समुह गठन गरेर बचत बाट शुरुवात गरेको समुह सहकारीमा परिणत भएपछि सहकारीले खसी बाख्रा र तरकारी बजारीकरणको ब्यावसाय शुरुवात गरेको हो ।
२०६८ सालमा बिधिवत रुपमा दर्ता गरिएको सहकारीले समय सँगै आफनो ब्यावसायलाई पनि बिस्तार गर्दै लगेको छ। उद्यमी सहकारी भएका हिसाबले सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्दैन् ।
सहकारीमा आवद्ध दिदिबहिनीहरुलाई आधारबिन्दु मानेर महिला शसक्तीकरण सँगै घरपरिवारलाई पनि आर्थिक क्षेत्रमा बलियो बनाउनुपर्छ भन्ने उद्धेष्य अनुरुप सहकारीले आफनो बिनियममा आधारित रहेर कृषिजन्य ब्यावसायिक कामहरुको थालनी गरेको हो ।
सहकारीले तरकारी बिक्री गर्ने भनेपछि त्यत्तिबेला धेरैले पत्ताएनन् र सहकारीको आफनो संकलन केन्द्र पनि थिएन,बिश्वास नमानेरै धेरै सदस्यले सहकारीमा तरकारी ल्याउनुभएन तरपनि हामीले हार मानेनौ र पहिलो दिनमा ६ क्युनटल तरकारी संकलन गरेर बिक्री गरेको याद अझैपनि ताजै छ सहकारीकी ब्यवस्थापक राधा घर्तिले भनिन् ।
अहिले त बर्षेनि सहकारीले ९५सय क्युन्टल तरकारीे संकलन गरेर बिक्री गर्ने गरेको ब्यवस्थापक राधा घर्तिले बताइन ।
गतबर्ष मात्रै सहकारीले ३४लाख बराबारको तरकारी बिक्री गरेको बताएकी ब्यवस्थापक घर्तिले अहिले सहकारी मार्फत तरकारी बिक्री गर्न थालेको झण्डै ६बर्ष पुग्न थालेको बताईन् । घर्तिले घोराही र कपुरकोटको ब्यापारीसंग समन्वय गरेर बुटवल,नेपालगंज, नारायणगढ र दाङमा तरकारी पठाउने गरेकोे पनि बताइन ।
सहकारी नजिकै लिजमा लिएर १४ मिटर लम्वाई र ८ मिटर चौडाई क्षेत्रफलमा बनाएको टहरा छ, जस्मा प्रत्येक हप्ताको सोमबारका दिन सहकारीले हाटबजार लगाउने गरेको सहकारीका बजार ब्यवस्थापक झिन बहादुर नेपालीले बताए ।
त्यत्तिमात्रै होईन तरकारी बिक्री शुरुवात गर्दाका दिनमा हेफर ईन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले परियोजना मार्फत सहकारीले संचालन गरेको तरकारी व्यवसायलाई अझ व्यवस्थित गराउनका लागि तरकारी राख्ने क्यारेट, खसी बोका बिक्री सहजताका साथै तरकारी बोक्नका लागी पनि सहज हुने हिसाबले पिकअप भ्यान सहयोग गरेपछि सहकारीबाट तरकारी र खसी बोकाको बिक्रीमा बृद्धि हुन थालेको बजार ब्यवस्थापक झिन बहादुर नेपालीले बताए ।
व्यवसायीक तरकारी खेति तथा कृषिजन्य ब्यावसायका लागी सहकारीले आफना सदस्यहरुलाई बिना धितो कर्जा लगानी गर्दै आएको छ । साथै सहकारी आफै धितो बसेर माछापुच्छ्रे बैकंबाट समेत सस्तो ब्याजमा कर्जा ल्याएर व्यवसायीक तरकारी खेति गर्नेहरुलाई सहकारीले सिफारिस पनि गरेको बजार ब्यवस्थापक नेपालीले बताए ।
आयस्तर सुधारका लागी सहकारीले गरेको काम देखेर त्रिबेणी गाँउपालिकाले पनि सहकारीसँग हातेमालो गर्दै सहकारी मार्फत बिउ बिजन, प्लास्टिक र फलामको टर्नेल, च्याम्फा टेक्टर तथा तालिमहरुको समेत आयोजना गरेर आफुहरुलाई सहयोग गर्दै आएको सहकारीका अध्यक्ष प्रेम कुमारी बोहराले बताए ।
अहिले ४८ देखि ५० घरधुरिले मात्रै तरकारीको कारोबार सहकारी बाट गर्दै आएका छन् । सहकारी मार्फत तरकारी तथा खसी बोका बिक्री गर्दा पालिकाले समेत किसानहरुलाई अनुदान दिदै आएको छ । ९ सदस्यीय संचालक समिति रहेको सहकारीमा अहिले ४७२जना शेयर सदस्यहरु छन भने १ जना पिकअप चालक सहति जम्मा ४जना कर्मचारी छन ।
उक्त सहकारीको कार्यक्षेत्र त्रिबेणी गाँउपालिका र कपुरकोट गाँउपालिका भित्र रहेको छ। समयसँगै सहकारीले आफनो ब्यवसायलाई बिस्तार गर्दै लगेको देखेर त्यहाँका बयोबृद्ध तथा स्थानीयहरु पनि जिल्ला परेका छन् भने आटेर गरेपछि असम्भव केहि रहेनछ भन्ने सहकारीले हामीहरुलाई देखायो भन्ने भन्दै ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपाललाई धन्यबाद दिदै आएका छन् ।
