२०८३ असार २९ गते सोमवार

तुलसीपुरमा पौडेल वंशको तदर्थ समिति गठन

तुलसीपुर, जेठ १३ । पौडेल वंश महासंघको तुलसीपुर नगरस्तरिय तदर्थ समिति गठन गरिएको छ ।

पौडेल वंशको तुलसीपुरमा शनिबार (आज) बसेको भेलाले कालिकाप्रसाद पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको सचिवमा बसन्त पौडेल, कोषाध्यक्षमा बिमल पौडेल चयन भएका छन ।

यस्तै सदस्यहरुमा नारायण पोडेल, केशवराज पौडेल, नरेश पौडेल, रुद्रमणी पौडेल, चिरन्जीवी पौडेल, बासुदेव पौडेल र हरिप्रसाद पौडेल चयन भएका छन ।

पौडेल वंश महासंघ दाङका अध्यक्ष रामकुमार पौडेलको अध्यक्षतामा भेला भएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष मोहन पौडेल, रेडक्रस दाङका उपसभापति हरिहर पौडेल, राप्ती बबई क्याम्पसका सहायक क्याम्पस प्रमुख दिपक पौडेल, तुलसीपुर–१९ का वडा सदस्य रामबहादुर पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक गोर्कण पौडेल, मावि सेन्टर तुलसीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेल लगायतले पौडेलहरु बिचको एकता, भाइचारा, बन्धुत्वको लागि संगठनले महत्वपुर्ण भूमिका खेल्ने बताए ।

केन्द्रको कार्यक्रम अनुसार घोराही र तुलसीपुरमा गठन गरिएको र बाँकी अन्य पालिकामा पनि संगठन विस्तार गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *