२०८३ जेष्ठ १५ गते शुक्रवार

चलचित्र पत्रकार सघद्वारा प्रेस युनियनका नबनिर्बाचित अध्यक्षसहित पदाधिकारीलाई स्वागत/सम्मान



तुलसीपुर, ४ जेठ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले प्रेस युनियन दाङका नबनिर्बाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई स्वागत सम्मान गरेको छ ।

संघले बिहिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि प्रेस युनियनका नवनिर्वाचित
अध्यक्ष नारायण खड्का, सहसचिव सन्तोष केसी सदस्य शिव पुनलगायतका
सदस्यहरुलाई स्वागत सम्मान गरेका हो ।

सो अवसरमा बोल्दै अध्यक्ष खड्काले रङ्ग पत्रकारीता क्षेत्रको विकासमा चलचित्र पत्रकार संघको भुमिका महत्वपूर्ण भएको भन्दै आफुहरुले संघलाई सधै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा चलचित्र पत्रकार संघका कोषाध्यक्ष भुपेश वलीले आफ्ना स्वर्गीय आमा वुवाको नाममा अक्षकोष स्थापना गरेका छन् । उनले स्वर्गीय आमा टिका वली र भिमलाल वलीको सम्झनामा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखामा रु ५५ हजार ५ सय ५५ रुपैयाको भिम –टिका रङ्गपत्रकारीता पुरस्कार अक्षकोष स्थाना गरेका हुन ।

त्यसैविच चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो स्थापना दिवसका अवसरमा कार्यक्रम गर्ने जनाएको छ ।

त्यस्तै दाङमा हुन गई रहेको बाल चलचित्र महोत्सवको प्रचार प्रसार गर्न कमिटि गठन गरि प्रचार प्रसारमा गर्ने र कार्यक्रमलाई
सफल पार्ने जनाएको छ ।

संघका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुर्ण केसीले स्वागत गरेका थिए भने सहजिकरण सचिव निरला अर्याल गैरेले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *