२०८१ जेष्ठ ५ गते शनिवार

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी,खाँणसहित पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरासतमा राख्न आग्रह


काठमाडौँ,जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका सबै १४ जना अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।

यो प्रकरणमा रायमाझी, खाँणसँगै नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्।

प्रकरणमा पक्राउ परेकाहरु मध्ये अहिलेसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ।

प्रहरी सामु आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँगको बयान भने बुधबार नसकिएको सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि न्यौपानेले बताएका छन्। उनका अनुसार बाँकी सबैको छुट बयानसमेत सकिएको र शेर्पाको बाँकी बयान बिहीबार हुनेछ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *