२०८१ असार ८ गते शुक्रवार

बिरु रावत संगठन पक्षमा दाजुका बिरुद्ध उभिए , सुरेश हमाल जेठानको बिपक्षमा कत्तिको लागे ?

तुलसीपुर, जेठ ३ । तुलसीपुर उद्योग बाणिज्य संघकाको बैशाख २९ गते भएको निर्वाचनमा केही रोचक दृष्यहरु देखिए । कतिपयले आफन्त भन्दापनि संगठनलाई ठूलो महत्व दिएर निर्वाचनमा खटेरै लागे भने कतिपय भने पार्टी र संगठन भन्दापनि नातागोताका पक्षमा खुलेरै निर्वाचनमा होमिएका थिए ।
त्यस्तै कतिपयको भूमिका भने अष्पष्ट र शंकाष्पद रह्यो ।

पूर्व अध्यक्ष बिरबहादुर रावत (बिरु) संगठनका लागि सहोदर दाजुको बिपक्षमा मैदानमा खरो उत्रिए ।
संघको नयाँ नेतृत्व चुन्नका लागि भएको निर्वाचनका क्रममा बिरु रावतका सहोदर दाजु तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भूपाल रावत संघको सचिव पदबाट निर्वाचन लडेका थिए । भूपाल रावत गठबन्धन दलहरुको तर्फबाट सचिव पदबाट चुनाबी मैदानमा उत्रिएका थिए ।

तर, संघका पूर्व अध्यक्ष बिरु रावत भने नेपाली काँग्रेसबाट सचिव पदमा निर्वाचित उम्मेदवार नबीन राइका पक्षमा प्रचार प्रशारमा खटिएका थिए । पुर्खेउली घर सल्यान भएका पूर्व अध्यक्ष बिरु रावतकै प्रयासले सल्यानको मत राइको पक्षमा परेको उद्योगी ब्यबसायी तथा निर्वाचन बिश्लेशकहरु तर्क गर्छन ।
आफ्नै सहोदर दाजुको बिपक्षमा र पार्टी तथा संगठनका पक्षमा सतिसाल झैं उभिएर बिरुले ठूलो समर्पन देखाएको चर्चाहरु हुन थालेका छन् ।

‘ ब्यक्ति को छ ? त्यो गौण कुरा हो,’ एक जना काँग्रेस नेताले भने ‘काँग्रेसका संस्थापक बिपी र उहाँका दाजु मातृका फरक कित्तामा उभिएको बिगत हाम्रै पार्टीमा जिवन्त छ ।’

तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन भएपनि निर्वाचनको त्यो प्रतिष्र्धा दलिय प्रतिष्पर्धा भन्दा कम्ता चाख लाग्ने खाले थिएन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गहेन्द्र गिरीदेखि निर्वतमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, निर्वाचन संयोजक काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, नेताहरु शंकर गिरी, केशब आचार्य, महादेब शाह लगाएतका नेताहरु काँग्रेसका उम्मेदवारका पक्षमा माहोल सृजना खटेरै लागेका थिए ।
दाङ क्षेत्र नं. ३ (१) का सभापति देबन्द्र रिजाल, दाङ क्षेत्र नं. ३ (२) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका नगर सभापति सुरेश हमाल लगाएतका नेताहरु काँग्रेसको पक्षमा माहोल सृजना गर्न हिडिरहेका थिए ।

काँग्रेसका नेताहरु संग उम्मेदवारहरुको छलफल कार्यक्रममा नगर सभापति हमालले ब्यक्त गरेका धारणाले पनि उनी निष्ठाका साथ पार्टीकै उम्मेदवारको पक्षमा उभिएका छन् भन्ने स्पष्ट हुन्थ्यो । उनले भनेका थिए – ‘ बिनिल केसी नेतृत्वको टिमको एक जना सदस्य पनि पराजित हुनुहुन्न ।’ तर, पनि कतिपय काँग्रेसकै नेताहरु भने नगरसभापति सुरेश हमालको भूमिका माथि संशय ब्यक्त गरि रहेका छन् ।

निर्वाचनको पूर्व सन्ध्या अर्थात बैशाख २८ गते अन्तिम क्षणमा पार्टीका उम्मेदवारको पक्षमा बिज्ञप्ती सार्वजनिक गर्दा सुरश हमालले हस्ताक्षर गर्न नमान्नुले पनि त्यस्तो बिश्लेशनको पक्षमा बल पुग्ने एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

‘देखिदा हमालले आँफुलाई पार्टीकै उम्मेदवारको पक्षमा उभ्याएको साँचो हो,’ ती नेताले शंका ब्यक्त गर्दै प्रश्न सोधे ‘ तर, सुरेशका सहोदर दाजु सरेन्द्र हमाल र उहाँका अघिपछी हिड्ने युवा जमात कहाँ खटाइएका थिए ? यही कुराले नगरसभापति सुरेशको डबल रोल त थिएन भन्ने संशय पैदा भएको हो ।’

ती नेताले ‘रिलमा मात्रै डबल रोल सुहाउने र रेलमा’ डबल रोल नसुहाउने तर्कपनि गरे ।

निर्वाचनको अन्तिम क्षणको बिज्ञप्तीमा निर्वाचन प्रचार प्रशार समितिका संयोजक तथा दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, ३ (२) का सभापति खिमबहादुर वलीले पार्टीका उम्मेदवारको पक्षमा बिज्ञप्ती प्रकासित गर्दा तुलसीपुर नगर सभापति सुरेश हमालको नभइ नगर सचिव बिमल पौडौलले हस्ताक्षर गरेको बिज्ञप्ती सार्वजनिक भएको थियो ।

नेपाली काँग्रेसका नेता तथा तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाह भने भाइ ललितजंग शाहका पक्षमा र पार्टीको बिपक्षमा खुलेरै खटिएका थिए । तर, पनि बीरेन्द्रका भाइ ललित त्यो संघर्षको मैदानमा पारजित हुन पुगे ।

गठबन्धन दलका उम्मेदवारका पक्षमा नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी खरो रुपमा उत्रिएका थिए । नेकपा एमालेका जिल्लाका नेतादेखि माओबादी केन्द्रका नेता तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीपनि खटिएका थिए । उनीहरु गठबन्धनका पक्षमा लाग्नु वा खटिनु स्वभाविक थियो ।

तर, गठबन्धनका पक्षमा काँग्रेसकै हस्तिहरु अर्थात तुलसीपुर क्षेत्रका शिर्ष नेताहरुदेखि उनीहरुबाट प्रभावित केही युवाहरु समेत पार्टीको निर्णय बिरुद्ध खुलेर लागे वा खटाइएका थिए ? यो सवाल गम्भीर हो ।
काँग्रेसका नेताहरुका अनुसार त्यस्तो दोहोर चरित्र स्वीकार्न नसकिने बताउँदै आएका छन् । उनीहरुको कृयाकलापको भविश्यमा पार्टी र संगठनहरुमा मूल्याङकन हुने बारे नेताहरुले यसअघि बिज्ञप्ती मार्फतपनि सार्वजनिक गरि सकेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *