२०८१ असार ८ गते शुक्रवार

बिजौरीमा बस पल्टियो, १२ जना घाइते

तुलसीपुर, जेठ ४ । दाङको बिजौरीमा बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।


तुलसीपुरबाट – काठमाडौंका लागि छुटेको प्रदेश – ३ – ०१००६ ख ०९७५ नम्बरको बस तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत तुलसीपुर उपमहागनरपालिका वडा नं. १८ बिजौरीमा शुक्रबार बेलुकी सडक किनारमा पल्टिएको हो ।

एकै दिशा तर्फ गइ रहेको अर्कौ बसलाई उछिल्ने क्रममा सन्तुलन गुमाउन पुगी बस सडक किनारमा पल्टिएको प्रत्यक्षदर्सी पत्रकार राकेश बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले दुर्घटनामा परि १२ यात्रु सामान्ने घाइते भएको जानकारी दिए ।


घाइते सबैलाई तुलसीपुरस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
घाइतेको नाम ठेगाना पत्ता लगाउने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *