२०८१ असार ८ गते शुक्रवार

तुलसीपुर उद्योग बाणिज्य संघमा बिनिल केसीलाई सुबिधा जनक बहुमत

टिमका १३ जना अरु क–कस्ले कति मतले जिते ?

तुलसीपुर,बैशाख ३१ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित बिनिल केसीको टिमलाई सुबिधाजनक बहमुत प्राप्त भएको छ । नेपाली काँग्रेसको सिफारिसमा उम्मेदवार बनेका बिनिलसहित टिमका ६ पदाधिकारी र ७ सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन भएको १७ सदस्य कार्यसमितिमा बिनिल टिमका १३ जना निर्वाचित भएका हुन । यो संख्या बाणिज्य संघ भित्र सुबिधाजनक बहुमत हो ।

नेपाली काँग्रेसका उम्मेदवार बिनिल केसीले कुल खसेको मत खसेको २९३८ मध्य १५५० मत प्राप्त गरेका हुन । बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन । शाहले १३४० मत प्राप्त गरे । केसीले शाहलाई २१० मतान्तरले पराजित गरेका हुन ।


टिकट नपाएपछि रुष्ट बनेका शाहले काँग्रेसको निर्णय बिपरित नेकपा एमाले, माओबादी केन्द्रसहित अन्य दलहरु संग चुनाबी तालमेल गरि निर्वाचनमा होमिएका थिए । पराजित शाह संघका यसअघिका उपाध्यक्ष थिए भने निर्वाचित केसी महासचिव थिए ।

नयाँ नेतृत्व चुन्न शनिबार बिहान ८ बजेदेखि साढे ५ बजेसम्म मतदान भएको थियो । शनिबार रातिबाट सुरु भएको मत गणनाको अन्तिम परिणाम सोमबार बिहान मात्रै सार्वजनिक भएको हो । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता रहेको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिए ।

त्यस्तै खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी निर्वाचित भएका छन् । केसीले १५२० मत प्राप्त गरे ।
केसीका प्रष्पिर्धी गठबन्धनका डिल्लीबहादुर वलीले १२११ मत प्राप्त गरेका थिए । केसीले वलीलाई ३०९ मतान्तरले पराजित गरेका हुन ।

संघको महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी निर्वाचित भएका छन् । केसीले १५३० मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी गठबन्धनका नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गरेका थिए । केसीले डाँगी भन्दा ३२७ मत बढी प्राप्त गरे ।


कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा निर्वाचित भएका छन् ।
शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका थिए । शर्माले ढकाल भन्दा ३८० मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।

सचिवमा पनि काँग्रेसका नबिन राई निर्वाचित भएका छन् । राईले ९६९ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८४८ र गठबन्धनका भुपाल रावतले ६८२ मत प्राप्त गरेका थिए । राई निकटतम प्रतिष्पर्धी वली भन्दा १२१ मत बढी प्राप्त गरि निर्वाचित भएका हुन ।

सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ११५६ मत प्राप्त गरे । गठबन्धनका किशोरकुमार वलीले ११२३ मत प्राप्त गरेका थिए । भण्डारीले वलीलाई ३३ मतान्तरले पराजित गरेका हुन ।

सदस्य तर्फ

निर्वाचन परिनाम अनुसार सदस्य तर्फ काँग्रेसका कोमल डिसी ९कमल० ले १४८९, तिर्थबहादुर डाँगी १५१८ , माधव बस्नेत १४२१, सैलेन्द्रकुमार बुढाथोकी १३७२, सुवाश अधिकारी १२९४ मत प्राप्त गरि बिजयी भएका छन् ।

काँग्रेसका उम्मेदवार एयोसियट सदस्यमा सन्दिपन रिजाल ६९ मत प्राप्त गरि यसअघि नै बिजयी भइ सकेका थिए । प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार सुरज ज्ञवालीले ३१ मत मात्रै प्राप्त गरेका थिए । रिजालले ज्ञवालीलाई दोब्बर बढी ३८ मतान्तरले पराजित गरेका थिए ।


त्यस्तै संस्थापक सदस्यमा काँग्रेसकै चिन्तामणि आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइ सकेका थिए । बिनिल केसी नेतृत्वको काँग्रेस प्यानलका चार जना निर्वाचित हुन सकेनन् ।


उद्योग उपाध्यक्षका उम्मेदवार हेमेन्द्र खड्काले ११४३ र बाणिज्य उपाध्यक्ष खुसलराम शर्मा ११८७ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । त्यस्तै महिला सदस्यहरु मध्य निलम बस्नेत ११०५ र कल्पना बिष्टले १२१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् ।

तस्बिर : शरद रेग्म्मीको फेसबुकबाट ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *