तुलसीपुर , बैशाख ३० । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । आइतबार बेलुकी ६ बजेतिर प्राप्त परिनाम अनुसार १५१५ मत गणना गरि सक्दा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार बिनिल केसी आफ्ना प्रतिष्पर्धी भन्दा १२० मतले अघि छन् ।
बिनिल केसीले ८०० मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार ललितजंग शाहले ६८० मत प्राप्त गरेका छन् । बिनिलले क्रमिक रुपमा ललितसंगको मतान्तरण फराकिलो पार्दै लगेका छन् । लिड गरिरहेका बिनिल यसअघि संघको महासचिव हुन भने ललित उपाध्यक्ष हुन ।
काँग्रेसबाट टिकट नपाएपछि रुष्ट बनेका शाह बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु संग गठबन्धन गरि प्यानलसहित प्रतिष्पर्धामा होमिएका थिए ।
शनिबार करिब मध्य रातिबाट सुरु मत गणना सुरु भएको थियो । निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले पछिल्लो बिबरण अनुसार २९५३ मत खसेको थियो । यो विबरण अनुसार अझैं करिब आधा जति मत गणना हुन बाँकी नै छ । तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए ।
हालसम्मको निर्वाचन परिणाम अनुसार उद्योग उपाध्यक्षमा भने गठबन्धनका बिश्व बस्नेत अगाडि छन् । उनले ८२९ मत प्राप्त गर्दा काँग्रेसका हेमेन्द्र खड्काले ५८१ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर २४८ रहेको छ ।
विश्व उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतका नाति र पूर्व अध्यक्ष हिमाल बस्नेतका छोरा हुन ।
त्यस्तै बाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी अगाडि छन् । उनले ७७७ मत प्राप्त गर्दा काँग्रेसका खुसल राम शर्माले ६११ मत प्राप्त गरेका छन् । यी दुई बीचको मताअन्तर १६६ रहेको छ ।
खुल्ला उपाध्यक्षमा काँग्रेसका देबबहादुर केसी अगाडि छन् । केसीले ७६९ मत प्राप्त गर्दा गठबन्धनका डिल्लीबहादुर वलीले ६३८ मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर १३१ रहेको छ । केसी यसअघिका बाणिज्य संघको कोषाध्यक्ष हुन ।
महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी अगाडि छन् । केसीले ७७२ मत प्राप्त गर्दा गठबन्धनका नरेन्द्रकुमार डाँगीले ६३७ मत प्राप्त गरेका छन् । केसी र डाँगी बीचको मतान्तर १३५ रहेको छ ।
कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा अगाडि छन् ।
शर्माले ७८२ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ५८२ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर २०० रहेको छ ।
सचिवमा पनि काँग्रेसका नबिन राई अगाडि छन् । राईले ४८६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार चन्दन वलीले ४३५ मत र गठबन्धनका भुपाल रावतले ३६० मत प्राप्त गरेका छन् । राई निकटतम प्रतिष्पर्धी भन्दा ५१ मतान्तरले अगाडि छन् ।
त्यस्तै सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारीले अग्रता लिइ रहेका छन् । भण्डारीले ५९६ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ५८० मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर १६ मात्रै रहेको छ ।
सदस्य तर्फ
निर्वाचन परिनाम अनुसार सदस्य तर्फ काँग्रेसका कोमल डिसी (कमल) ले ७५० , तिर्थबहादुर डाँगी ७७५ , माधव बस्नेत ७२१, सैलेन्द्रकुमार बुढाथोकी ६९६, सुवाश अधिकारी ६७८, महिला सदस्यहरु मध्य निलम बस्नेत ५६८ र कल्पना बिष्ट ६१९ मत प्राप्त गरेका छन् ।
सदस्य पदमा गठबन्धनका उम्मेदवारहरु भिमबहादुर खत्री ५८२ , मनोजकुमार गुप्ता ५९४ , कृष्णबहादुर पुन ५६१ , सुरेश नेपाली ५३९ , टोपबहादुर महतरा ६२८ , महिला सदस्यहरुमा शारदा बस्नेत ६४७ र मिना रावतले ६५१ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा हालसम्म गठबन्धनका उम्मेदवार अगाडि छन् । गठबन्धनकै सदस्य टोपबहादुर महतरापनि प्रतिष्पर्धामा अगाडि देखिएका छन् ।