२०८१ असार ९ गते शनिवार

केपी ओली दाङ नआउने

तुलसीपुर, जेठ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ आउने कार्यक्रम अन्तिमा आएर स्थगित भएको छ ।


पूर्व सूचना अनुसार शनिबार बेलुका नै उनी दाङको तुलसीपुर आइ सकेको हुनु पर्ने थियो ।

ओली आएर एमाले केन्द्रीय सदस्य कोमल वलीको नामबाट नयाँ बर्षदेखि संचालनमा आएको ‘कोमल रेष्टुँरा’मा बास बस्ने सूचना दिइएको थियो ।

आइतबार बिहान अर्थात जेठ ६ गते बिहान १० बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले तुलसीपुर – १२ हरिपौरा स्थित मेट्रो कलेजको नव निर्मित भवन उद्घाटन गर्ने सूचना सार्वजनिक गरिएको थियो । त्यसबारेका सूचना जेठ ४ गते नै संचारकर्मीका मोवाइलहरुमा म्यासेज आएको थियो ।

तर, अन्तिम चरणमा ओली दाङ आउने कार्यक्रम किन स्थगित भएको नेताहरुले बताएका छ्न ।

नेकपा माओबादी केन्द्रका अध्यक्षसेमत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जेठ ७ गते विश्वासको मत लिन थालेको हुँदा एमाले अध्यक्ष ओली दाङ आउने कार्यक्रम स्थगित भएको एमाले नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *