२०८१ जेष्ठ ३० गते बुधवार

सुरक्षित तुलसीपुर अभियान सञ्चालन हुदै : अध्यक्ष केसी


तुलसीपुर,जेठ ५ । तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष बिनिल केसीले सुरक्षित तुलसीपुर अभियान सञ्चालन प्राथमिकतामा रहेको बताएका छन ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिबार उपभोक्ता अधिकारमा नीजि क्षेत्रको प्रतिबद्धता बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले सुरक्षित तुलसीपुरको सन्देश आबश्यक रहेको बताएका हुन ।

३ बर्षे कार्ययोजना बनाई तुलसीपुरमा लगानीको वातावरण र आम उपभोक्ताको उत्साहजनक सहभागिता बनाउनुपर्नेमा जोड दिए । हरेक क्षेत्रबाट सुरक्षित तथा सुन्दर तुलसीपुर प्रति नकारात्मक सन्देश प्रबाह गरिएकोले त्यसका बिरुद्ध आम नागरिक,अधिकारकर्मी,सञ्चारकर्मी र नीजि क्षेत्र लाग्नुपर्ने बताए ।

उपभोक्ताको हितलाई पहिलो प्राथमिक्तामा राख्दै स्थानीय सरकारसँग समन्वय गर्दै अगाडी बढ्ने र अनुगमनलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड उहाँले दिए । अनुगमनले दिएको सुझाबलाई आत्मसाथ गर्दै तुलसीपुर ब्यापारीक केन्द्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,निर्वतमान बरिष्ठ उपसभापति सुशील बस्नेत, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल,तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित सदस्य मिना रावतले उपभोक्ता हित र नीजि क्षेत्रको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

शान्ति समाजमा कार्यबाहक सभापति एवम तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित सदस्य कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य शाखाका सदस्य तिलसरा पुनले र सञ्चालन सचिव अमृत प्रसाद शर्माले गरे ।

तुलसीपुर उद्योग बाणिज्य संघको गत बैशाख २९ गते सम्पन्न निर्वाचनबाट ३ बर्षे कार्यकालका लागि बिनिल केसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ ।

नव निर्वाचित कार्यसमितिको पहिला बैठकले कार्यसमितिका लागि सदस्यमा बिमल गौतम,कानुनी सल्लाहकारमा प्रबिण लम्साल,सल्लाहकारमा राजेन्द्र श्रेष्ठ र प्रेस सल्लाहकारमा शरद रेग्मीलाई मनोनित गरेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *