२०८१ असार ८ गते शुक्रवार

ब्यबसायीक सस्थामा उडान भर्न तम्सिएकी कल्पाना


तुलसीपुर, बैशाख २७ । तुलसीपुुर उद्योग वाणिज्य संघको आसन्न हुन गईरहेको निर्वाचनमा महिला सदस्य पद्का उम्मेदवार हुन कल्पाना थापा विष्ट । कल्पना २०४८ सालमा स्वर्गीय बुवा गोपालसिंह विष्ठ र आमा लक्ष्मी विष्टको कोखबाट हालको प्युठान नगरपालिका वडा नं. १० मा जन्मिएकी हुन ।

सानै उमेरदेखि चञ्चले र निडर स्वभावकी उनी प्रष्ट वक्तापनि हुन । उनलाई सत्य बोल्न र झटको पर्दाफास गर्न कुनै डर छैन ।
कल्पना ती पात्र हुन जो कलिलै उमेरमा आफ्नो गाउँका केटी साथीलाई जम्मा गरेर पुष्पाञ्जली बालक्लब गठन गरेकी थिइन ।

कल्पाना नेतृत्वको त्यो क्लबका सदस्यलाई उनी सकेजति मासिक रुपमा पैशा वचत गर्न सिकाउँ थिन । त्यो उनको ब्यापारिक चेतको उदाहरण थियो । बचतले भविश्यमा अप्ठेरो पर्दा सहज हुन्छ भन्ने ज्ञान कल्पनामा कलिलै उमेरमा थियो ।

कल्पनाले १० वर्षको उमेरै बुवा गुमाएकी थिइन ।
त्यसपछि उनकै काँधमा भाइ, बहिनी हुर्काउने बढाउने, आमालाई सहयोग गर्नेदेखि परेको खण्डम सम्हाल्ने दायित्व उनको कलिलो काँधमा थपिएको थियो ।

ती सबै कार्य कल्पनाले धैर्यता र साहसका साथ गर्दै अगाडि बढिन । कक्षा १० सम्म जनता मावि बागदुलामा अध्धयन गरेकी कल्पनाले सहजै प्लस टू उतिर्ण गरिन । व्याचलर प्यूठान क्याम्पस प्युठानबाट उत्तिर्ण गरिन ।

कल्पना एसएलसी दिए लगत्तै पत्रकारितामा प्रवेश गरेकी थिइन । कल्पनाको इच्छा स्टाफ नर्स पढ्ने थियो । २०६५ सालमा एसएलसी दिएपछि उनीे स्टाफ नर्स पढ्नको लागि काठमाडौं गइन ।

त्यहाँ नाम ननिस्के पछि उनी प्युठानमा फर्किएकी थिइन । त्यही बेला पत्रकारिता तालिम सञ्चालन हुँदै थियो । त्यो बेला पत्रकारिता तालिम दिनको लागि दाङबाट विपुल पोख्रेल लगायतको टोली प्यूठान गएको थियो ।

तालिममा भिनाजु मेघाराज भट्ट र दिदी बसन्ता भट्टको सहयोगमा उनी तालिममा सहभागी भइन । तालिममा सहभागी भएपछि उनी छनोटमा परिन । प्युठानको पहिलो रेडियो माण्डवीबाट उनको आवाज गुञ्जिन सुरु भयो । बाल बार्यक्रमबाट रेडियो यात्रा सुरु गरेकी उनी सबै खालका कार्यक्रम सञ्चालन गर्दै समाचार शाखामा पुगिन ।

उनले ६ वर्षसम्म रेडियोमा काम गरिन । रेडियोमा काम गर्दै जाँदा उनी नेपाल प्रेस यूनियनको केन्द्रीय पार्सददेखि क्याम्पस पढ्दा नेपाल बिद्यार्थी संघको सदस्य भएर काम गरिन ।

आफ्नो सुमधुर आवाजले सबै स्रोताको मनमा डेरा जमाइसकेकी उनी ६ वर्ष सम्म काम गरेको रेडियोको जागिर विट मार्दै २०६८ सालमा दाङमा बिहे गरेर आइन ।
दाङ आए संगै उनी तुलसीपुरस्थित रेडियो सञ्जिवनीमा समाचार शाखामा काम गरिन ।

त्यहाँ उनले दुई वर्ष समाचार शाखामा काम गरिन । उनको आवाजको चर्चा अहिले पनि दाङमा हुने गर्छ । साथै उनले वडा नागरिक मञ्चको उपाध्यक्ष भएर काम गरि सकेकी छिन ।

हाल कल्पनाले २०७४ सालदेखि तुसीपुरको विपी चोकमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी छिन । माइतबाट सर सापट गरेर होस वा विहेको गरगहना बेचेर भएपनि उनले कष्मेटिक पसलमा लगानी बढाउँदै गइन । विस्तारै उनको पसलले फड्को मार्र्दै गयो । परिनाम थियो कल्पनाको मेहनत र इमान्दारिता ।

महिलाहरु घरमा बसेर मैले केही गर्न सक्दिन, म संग पैसा छैन, बुहारी मान्छे चुलोचौकोमा मात्रै सिमित हुनुपर्छ भनेर कुन्ठित हुनु पर्छ भन्ने सोच कल्पनामा थिएन ।

परिवर्तन र रुपमान्तरणको प्रेरणाको पात्र हुन कल्पना । महिलाले केही गरेर आफ्नो खर्च टार्नुका साथै आफ्नो कमाइबाट परिवार सासू ससुराको लालन पालनदेखी महिलाले आँटेमा हरेक क्षेत्रमा सफल हुने उनी बताउँछिन ।

सानैदेखि हक्की र आँटेली स्वभावककी कल्पनाले यतिखेर ब्यबसायिक उडानको यात्रा भर्दै ब्यापारीको छाता संगठन तुलसीपुर उद्योग बाणिज्य संघमा एक महिला सदस्यको उम्मेदवार बनेकी छिन ।

‘हालसम्म मैले हरेक क्षेत्रमा काम गर्दा निष्ठाका साथ गरे र मैले आँटेका हरेक कामहरु पुरा हुँदै आएका छन्,’ उनले भनिन् ‘ मेरो सादकी पन र मेरो साथलाई आम उद्योगी ब्यबसायीले साथ दिनुहुनेमा म ढुक्क छु ।’
कल्पाना बिनिल केसी नेतृत्वको टिमबाट महिला उम्मेदवार हुन ।

‘महिलालाई व्यवसाय गर्न एकदमै कठिन अवस्था छ भन्नु सही होइन,’ उनी भन्छिन् ‘ ससाना कुराले पछाडि लाग्ने हैन महिला आर्थिक सशक्तिकरणको माध्यम बन्न सक्नु पर्छ ।’

कल्पनाका श्रीमान जागिरे भएकाले कहिले कता कहिले कता जानुपर्छ । तै पनि कल्पना हिम्मतले ब्यबसायमा खड्किलो चढ्दै गएकी छन् ।

मिलाएर आफै सामान ल्याउने, आफै घर सम्हाल्ने लगायतको काम उनी हिम्मतले गरि रहेकी छन् ।

‘ संघर्ष र मेहनत हर चिजमा छ,’ उनले भनिन् ‘ तर, इमान्दारिता पहिलो पक्ष हो ।’ आँफु निर्वाचित भएपछि महिला दिदी बहिनीको पक्षमा वकालत गर्ने तथा महिला उद्यमी बढाउन पहल गर्ने उनले बताइन ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *