२०८१ जेष्ठ ५ गते शनिवार

बच्चाको शिक्षा र स्वास्थ्य उपचार निशुल्क गर्ने सहमति पछि शब बुझे आफन्तले

दाङ, बैशाख ३१ । चार दिन अघि मृत्यु भएकी सुत्केरीको शब परिवारले आइतबार बझुेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको छलफल पछि पीडित परिवारजन शब बुझ्न राजी भएका हुन ।

मृतका दुई सञ्तानलाई घोराही उपमहानगरपालिकाले पढाइ दिने, प्रतिष्ठानमा दुई सञ्तानको निशुल्क उपचार गरिदिने र घटना अनुसन्धानका लागि उपमेयर हुमा डिसीको संयोजकत्वमा छानविन समिति गठन गर्ने सहमती पछि आफन्त शब बुझ्न राजी भएका हुन ।

झन्डै ४ घन्टा बढी चलेको छलफलबाट छानविन समितिको प्रतिबेदन अनुसार कारवाही वा क्षतिपुर्तीको ब्यबस्था गर्ने सहमती भएको छ ।

अस्पताल प्रशासन, प्रहरी प्रशासन, जनप्रतिनिधि र पीडित पक्षका बीचमा छलफल भएको छलफल पछि आफन्त शब बुझ्न राजी भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।

सुत्केरीको मृत्यु पछि अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै २९ गते दिनभर जसो प्रदर्शन गरेका थिए । त्यसयता शब अस्पतालमै राखिदै आइएको थियो ।

अस्पतालका उपकुलपपति र शिक्षाध्यक्ष आएपछि भएको वार्तामा पीडित पक्ष शब बुझ्न राजी भएका हुन ।

घोराही उपमहानगरपालिका वडा नं. ८ सौरीकी २८ बर्षीया मधु केसीको २८ गते राति अस्पतालमा मृत्यु भएको थियो ।
उनी सोही दिन बिहान ८ बजेतिर सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन । बच्चा जन्मिएपनि उनको साल नझरेपछि दिउँसो शल्यक्रिया गरिएको थियो।

अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको थियो । केसीले उक्त दिन दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *