२०८१ असार ८ गते शुक्रवार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण


दंगीशरण,जेठ ४ । दंगीशरण गाउँपालिका कृषि शाखाको आयोजनामा किसानहरुलाइ ५०% अनुदानमा धानको बिउ वितरण गरीएको छ ।

उन्नत जातको धानको बिउ बितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले परम्परागत खेती प्रणालि हराउदै गएको अवस्थामा आधुनिक खेती प्रणालिको विकासमा वृद्धि भएको बताए

आफुहरु कृषि तर्फ जतिसक्यो किसानहरु लाभान्वित हुनेखालका कार्यक्रमहरुका साथ अगाडि बढेको बताए ।

सोहि अनुरुपमा केहिदिनमा कृषि औजार तथा उपकरणहरु बितरण गर्ने तयारीमा रहेको उनको भनाइ थियो ।गाउँपालिकाले ब्यक्तीहरुलाइ बिउ तथा औजारहरु नदिएर समुहरु मार्फत बितरण गर्ने गरिएको बताए ।

संघिय ससर्त कार्यक्रम अनुसार उन्न्त धानको बिउहरु बहुगुणी-१ सुक्खा -२ चैते- ५ हर्दिनाथ-६ रामधान लगायतका धानको बिउहरु बितरण गरिएको हो ।

गाउँपालिकाले सुचना जारी माग गरे बमोजिम बिभिन्न समुहरु बाट मागभइ आएका माग अनुसार ५०% अनुदानमा धानको बिउ बितरण गरिएको हो ।

आज एक कार्यक्रमको आयोजना गरी बिभिन्न २० वटा कृषक समुहका ५०० जना किसानलाइ पुग्ने अपेक्षा सहित बिउ बितरण गरीएको कृषि साखा प्रमुख शरु भुषालले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *