२०८३ जेष्ठ १५ गते शुक्रवार

तुलसीपुरबाट २ सडक मानवको उद्धार

तुलसीपुर, बैशाख २४ । तुलसीपुरबाट २ सडक आश्रित मानवको उद्धार गरिएको छ ।

शनिबार राती तुलसीपुरको बसपार्कबाट एक महिला र एक पुरुष गरी दुई सडक मानवको उद्धार गरिएको हो ।

मानव सेवा आश्रम तुलसीपुरको पहलमा प्रहरी, अधिकारकर्मी , पत्रकार लगायतको टोलीले दुई सडक आश्रित मानवको उद्धार गरिएको हो ।

सल्यान ढोरचौर घर बताउने अन्दाजी ४५ वर्षीय छवि बोहोरा र रुकुम मुसिकोट १२ घर बताउने रत्न बहादुर पुन मगरलाई तुलसीपुर बसपार्कबाट उद्धार गरिएको हो ।

बसर्पाकको पिपलबोटमा बास बसेको अवस्थामा भेटिएकी ४५ वर्षिय बोहरले छोरा कमल वोहोरा, श्रीमान गौरी बोहरा बताए ।

मानव सेवा आश्रम तुलसीपुरको नेतृत्वमा सडक पेटीमा रात बिताउनेहरुको हरेक समयमा उद्धार गर्ने गरिएपनि शनिबार विषेश उद्धार अभियान संचालन हुने गरेको आश्रमका तुलसीपुर प्रमुख हिरु जोशीले बताए ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *